कमल थापालाई एमालेको चिन्ता | Khabarhub Khabarhub

कमल थापालाई एमालेको चिन्ता


२५ भाद्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेलाई हराउन विदेशीहरू लागेको बताएका छन् ।

राप्रपा नेपालले आज हेटौँडामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेकपा एमाले नेतृत्वको सरकारले आफ्नो भू–भाग समेटेर चुच्चे नक्सा निकालेपछि रुष्ट भएको विदेशी शक्तिले एमाले सरकार ढालेको थापाको ठोकुवा गरे ।

कार्यकर्ता भेलामा थापाले राष्ट्रवादी छवि बनाएको एमालेलाई पराजित गर्न ती बाहिरी शक्ति मिलेर मिलेर गठबन्धन निर्माण गरेको दाबी गरे ।

आफू केपी शर्मा ओलीको नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री भएको समयमा भारत तथा संयुक्त राष्ट्र सङ्घको बैठकमा नाकाबन्दी विरुद्ध कडा रूपमा उभिएको कारण राप्रपालाई समेत बाहिरी शक्तिले तहसनहस गरिदिएको थापाले आरोप समेत लगाए ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार  ८ : १८ बजे

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ

भारतमाथि ५० प्रतिशत अमेरिकी शुल्क लागू : गहना र कपडाको माग ७० प्रतिशत घट्ने डर, हजारौँको रोजगारी संकटमा

नयाँदिल्ली- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ३० जुलाईमा भारतमाथि २५ प्रतिशत