एसका केन्द्रीय सदस्य एवं प्रेस चौतारीका पूर्वअध्यक्ष चापागाईँ एमालेमै फर्के | Khabarhub Khabarhub

एसका केन्द्रीय सदस्य एवं प्रेस चौतारीका पूर्वअध्यक्ष चापागाईँ एमालेमै फर्के


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ नेकपा एमालेमै फर्केका छन्।

एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईँलाई खादा लगाई पार्टीमा स्वागत गरे। रुपन्देहीको बुटवल निवासी चापागाईँ पुराना पत्रकार हुन्।

एमालेका पुराना कार्यकर्ता चापागाईँ गत वर्ष पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईँ उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सह इन्चार्ज थिए।

एमालेमै फर्केपछि डा. चापागाईँले नेपालको राजनीति एकातिर वामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई ध्रुव विभाजित रहेको र वामपन्थी, प्रगतिशील धारको नेतृत्व एमाले र यसका अध्यक्ष केपी ओलीले मात्र गर्न सक्छन् भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए।

मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्न सक्छ भन्दै चापागाईँले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : ५६ बजे

सय हेक्टरमा धानको बीउ उत्पादन गर्दै सहकारी

कैलाली- करिब दुई दशकअघिबाट धानको बीउ उत्पादन सुरु गरेको जानकी

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको