कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्छ : अध्यक्ष दाहाल « Khabarhub

कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्छ : अध्यक्ष दाहाल


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो संकल्प विकास र समृद्धि, शान्ति र स्थायित्व भएको बताएका छन् ।

आइतबार काठमाडौँमा दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफूले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अव सम्पूर्ण ध्यान संकल्प विकास र समृद्धि, शान्ति र स्थायित्वमा केन्द्रित हुने बताएका हुन्।

उनले आफ्नै नेतृत्वमा ठूला ठूला परिवर्तन स्थापित भएको र अब विकास र समृद्धिका लागि बाँकी जीवन व्यतीत गर्ने चाहना रहेको जिकिर गरे । प्रचण्डले मुलुकको आर्थिक विकासका लागि स्रोत र सधानको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे।

नेपालको राजनीतिक वातावरण र नेतृत्वको इच्छाशक्तिको अभावका कारण स्रोत र साधनको प्रयोग गर्ने भिजन र योजना तथा कार्यक्रम बन्न नसकेको प्रचण्डले बताए। उनले अहिले आयात बढ्दै जानु निकै चिन्ताको विषय भएको भन्दै कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे।

त्यस्तै प्रचण्डले मुलुकको विकासका लागि भौतिक पूर्वाधार मात्रै नभई डिजिटल पूर्वाधार आवश्यक रहेकाले यसमा युवाहरूको विशेष ध्यान जानुपर्ने बताए।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  २ : ३८ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार