'नागरिकता बेच्न पाइँदैन, दलालहरू होसियार' भन्दै काठमाडौँमा अखिलकाे प्रदर्शन | Khabarhub Khabarhub

‘नागरिकता बेच्न पाइँदैन, दलालहरू होसियार’ भन्दै काठमाडौँमा अखिलकाे प्रदर्शन


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आइतबार काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले नागरिकता विधेयक खारेज गर, नागरिकता बेच्न पाइँदैन, दलालहरु होसियार लगायतका नारा लगाएका थिए । अहिलेका नागरिकता विधेयकले विदेशीहरुलाई नागरिकता दिने बाटो खुल्ला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाई छ ।

यसअघि आइतबार नै नेविसंघले नागरिकता विधेयक पारित गर्नुपर्ने भन्दै त्रिचन्द्र क्याम्पस अगाडी नै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : १६ बजे

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

देशभरको मौसम बदली रहने, केही भूभागमा ठूलो वर्षा हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिकाको हतियार कटौती निर्णयले युक्रेनलाई चिन्ता

किभ – अमेरिकाबाट हतियार आपूर्तिमा बाधा पुगेमा रुसविरुद्धको युद्ध कठिन

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न तीनवटा समितिको बैठक बस्दैछ

एसीसी यु-१६ : सेमिफाइनलमा आयोजक मलेसियासँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा