प्रधानन्यायाधीश जबराको आरोप : दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुग्यो   | Khabarhub Khabarhub

प्रधानन्यायाधीश जबराको आरोप : दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुग्यो  


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुगेको बताएका छन्।

संसदको महाअभियोग समितिमा आइतबार बयान दिने क्रममा जबराले आफ्नो स्वार्थपूर्ति गर्न राजनीतिक दलहरूले न्यायपालिकालाई ध्वस्त पार्न खोजिएको आरोप लगाएका हुन्।

उनले दलहरूलाई साथमा लिएर प्रधानन्यायाधीश हुने स्वार्थका कारण आफूलाई महाअभियोग लगाइएको जिकिर गरे। जबराले बारले आफूलाई हटाउन खोज्दा नसकेपछि दलहरूको सहारा लिएको आरोप पनि लगाए।

उनले कानुनी शासनलाई उपेक्षा गर्दै गठबन्धनले निर्णय गरेर आफूलाई महाअभियोग लगाएको जिकिर गरे । बयानका क्रममा जबराले आफूलाई लगाइएको आरोप पुष्टि हुने कुनै आधार नभएर नै आफू समितिमा फेस गर्न आएको र कुनै हालतमा महाअभियोग पारित हुन नसक्ने पनि बताए। त्यस्तै उनले सर्वोच्च अदालतको भवन निर्माणका क्रममा कुनै अनियमितता नभएको र अनियमितता भएको भए अख्तियारले नै टुङ्गो लगाउने उल्लेख गरे।

समितिले जबरासँग ३५ वटा प्रश्नको जवाफ लिएको छ । सो क्रममा जबरा रक्षात्मक देखिएको र सहकर्मीहरूलाई नै आरोप लगाएको कांग्रेस नेता मीन विश्वकर्माले बताए। जबराको जवाफले नै आरोपहरू पुष्टि हुँदै गएको उनको भनाइ छ । त्यस्तै एमाले नेता कृष्णभक्त पोखरेलले ३५ औँ नम्बरको प्रश्नको जवाफ सोमबार सकिएको र अन्य प्रश्नहरू आगामी बैठकमा सकिने जानकारी दिए। उनले समितिमा ढिलो गरी प्रतिवेदन आएकाले बयानको कार्य पनि ढिलाइ भएको बताए।

गत फाल्गुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । समितिको अर्को बैठक मंगलबार बोलाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ४० बजे

जनमत र नाउपाबीच एकीकरण तयारी : रेशम र रञ्जिताबीच कुरो नमिल्दा अड्कियो हलो

काठमाडौं- मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि

दरखोलामा मुना र दर गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धवलागिरी गाउँपालिका–३ स्थित दरखोलामा तीन सय ५५ मिटर

लागुऔषध मुद्दामा पाल्हीनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद, दुई लाख जरिवाना

काठमाडौं- नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ‘दीपक’लाई लागूऔषध कारोबारसम्बन्धी

‘पिताम्बर’को टिमसँग प्रदीप र सुपुष्पाको होली

काठमाडौं- नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट

ऊर्जा मन्त्रालयले भन्यो- भारतसँग विद्युतको नयाँ दररेट कायम गर्न कुलमानले छलफल गरेका छैनन्

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भारतबाट आयात हुने विद्युत्‍मा