‘अमरेश सिंहको नाम सिफारिस भएको छैन’ « Khabarhub

‘अमरेश सिंहको नाम सिफारिस भएको छैन’


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले सर्लाही क्षेत्र नं. ४ बाट अमरेशकुमार सिंहको नाम सिफारिस नभएको बताएका छन् । खबरहबसँग कुरा गर्दै मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद विकासमन्त्री समेत रहेका उपसभापति सिंहले अमरेशलाई यसअघि नै अनुशासन समितिको बैठकबाट कारबाही गरिएकाले उनको नाम सिफारिस नगरिएको बताएका हुन् ।

सर्लाही क्षेत्र नं. ४ बाट महामन्त्री गगन थापाको एकल नाम सिफरिस गरिएको उनले बताए । स्थानीय तहको चुनावको बेला अमरेशकुमार सिंहले कांग्रेस उम्मेद्वार हराउन भूमिका खेलेकाले जिल्ला अनुशासन समितिको बैठकबाट कारबाहीका साथै निलम्बन गरिएको पनि उनले बताए ।

‘स्थानीय तहको चुनावकै बेला उहाँले पार्टीलाई धोका दिएपछि कारबाही गरेर निलम्बन गरिएको छ । निलम्बन गरिएको व्यक्तिको नाम सिफारिस गर्न मिल्दैन’ उनले खबरहबसँग भने, ‘तर उनले निवेदन दिएपछि सिफारिस गरिएको चर्चा गलत हो । उहाँको ठाउँमा महामन्त्री गगन थापाको नाम सिफारिस गरेर पठाइएको छ । बाहिर गलत प्रचार भइरहेको छ ।’

यस्तै मधेस प्रदेशका कांग्रेस सभापति कृष्ण यादवले सिफारिसका लागि अमरेश सिंहको निवेदन प्रदेश समितिमा आएको बताए । जिल्लाले अनुशासनको कारबाही गरेको हुनाले सिफारिस हुन नपाएको भन्दै उनले निवेदन दिएको बताए । सिंहले दिएको निवेदन केन्द्रमा पठाइएको पनि यादवले बताए ।

‘नाम सिफारिस गरिदिन अमरेश सिंहले निवेदन दिनु भएको छ । उहाँको निवेदन हामीले केन्द्रमा फरवार्ड गरिदिएका छौँ,’ उनले खबरहबसँग भने, ‘नाम सिफारिस जिल्लाकै प्रतिनिधि सभा र प्रदेश सभा समितिले गर्ने भएकाले हामीले निवेदन मात्रै फरवार्ड गरेका हौँ । केन्द्रले जे निर्णय गर्छ, त्यही अनुसार हामी सिफारिसका लागि समन्वय गर्ने मात्रै हो ।’

सिंहले सर्लाही ४ बाट प्रतिनिधिसभा उम्मेद्वार बन्न नाम सिफारिस गर्न निवेदन दिएका हुन् । तर जिल्लाको समितिले सिंहको नाम निलम्बनमा राखेकाले सर्लाही ४ बाट गगन थापाको एकल सिफारिस गरेको छ । सिंहले आफू सो क्षेत्रबाट सिफारिस भएको भन्दै चर्चा गरिरहँदा जिल्लाको निलम्बन फुकुवा गरिदिन प्रदेशमा निवेदन दिएको सभापति यादवले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : १० बजे

निजी क्षेत्रको मनोबल माथि उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

नवलपुर– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक

रजनीकान्तको जेलर २ सिक्वेलमा विद्या बालन अनुबन्धित

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म जेलर बक्स अफिसमा ठूलो

चितवन पुगे रवि, सडकमार्गबाट भैरहवा लगियो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै

खुला केन्द्रीय सदस्यमा मात्रै उठेर जित्ने पोखरेल पक्षका एक्ला नेता झपट रावल

काठमाडौं- नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओली झन्

एमालेको काँधमा असाधारण जिम्मेवारी छ : अध्यक्ष ओली

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको