निर्वाचन लक्षित अभियान सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे « Khabarhub

निर्वाचन लक्षित अभियान सञ्चालन गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले निर्वाचन लक्षित अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका उनले पार्टीको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री पाण्डेले काठमाडौँको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा आज भएको कार्यक्रममा विभिन्न नवप्रवेशीलाई पार्टीमा स्वागत गरे । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी ४० जना एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुली, खोटाङ, स्याङ्जा, दोलखा, पाँचथरसहित विभिन्न जिल्लाका नेता तथा कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेका सो पार्टीले जनाएको छ ।

पार्टी प्रवेश गर्नेहरुमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का नेकपा (एमाले)बाट निर्वाचत पूर्ववडाध्यक्ष छम्जी शेर्पालगायत रहेका छन् । नेपाल शेर्पा सङ्घ समाजवादीको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

नेपाल शेर्पा सङ्घ समाजवादीका अध्यक्ष आङ खाङदु शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष एवं पार्टीका केन्द्रीय सदस्य पासाङ शेर्पा, पार्टीका केन्द्रीय सदस्य एवं दोलखा सहइञ्चार्ज चुनु केसी, प्रदेश कमिटी सदस्य रामबहादुर खड्कालगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : २७ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन