चीनसँगका नाकालाई खोल्न छलफल गरिरहेका छौं : मन्त्री खड्का | Khabarhub Khabarhub

चीनसँगका नाकालाई खोल्न छलफल गरिरहेका छौं : मन्त्री खड्का


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनिया अधिकारीसंग छलफल गरिरहेको बताएका छन् ।

कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसंगको छलफलका क्रममा आज मन्त्री खड्काले सो नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक पटक चिनिया अधिकारीसंग छलफल गरेको बताएका हुन्। उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको बिभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे ।

तीव्वतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए ।

त्यस्तै कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरुले करौडौ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकर गर्ने विश्वास व्यक्त गरे ।

सो क्रममा व्यवसायीहरुले बिनासकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लािग राज्यले गम्भीर भएर चीनसंग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि हिजो केहि कन्टेनरहरु सो नाका हुँदै नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : १३ बजे

५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज फैसला सुनाइने

काठमाडौं– सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित विभिन्न संवैधानिक निकायमा

गाजाले युद्धविराम प्रस्ताव नमाने धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ