कार्यकर्तालाई आक्रमण गरेको भन्दै कांग्रेसले गर्‍यो विरोध « Khabarhub

कार्यकर्तालाई आक्रमण गरेको भन्दै कांग्रेसले गर्‍यो विरोध


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरको पुनर्वास नगरपालिका–१० डोकेबजारमा शान्तिपूर्णरुपमा विरोधमा रहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै विरोध जनाएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले यही असार १० गते डोकेबजारमा कांग्रेसका २० कार्यकर्तालाई घाइते बनाएको आरोप लगाए।

घटनामा कञ्चनपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुनर्वास नगरपालिका–२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायत कार्यकर्ता गम्भीर घाइते भएको कांग्रेसले जनाएको छ ।

घाइतेमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा भर्ना गरिएको र बाँकीको कैलालीस्थित अञ्चल अस्पतालमा उपचार भइरहेको विज्ञप्तिमा जनाइएको छ । कांग्रेसले घटनालाई गम्भीररुपमा लिइ घटनाका दोषीलाई कानूनी कारवाही गर्न र घाइतेको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ९ : ३६ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन