दलितको प्रतिनिधित्वबारे कानूनमा संशोधन आवश्यक : प्रमुख निर्वाचन आयुक्त « Khabarhub

दलितको प्रतिनिधित्वबारे कानूनमा संशोधन आवश्यक : प्रमुख निर्वाचन आयुक्त


२६ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फ निर्वाचित पदमा मधेसी दलितको प्रतिनिधित्वबारे कानूनमा आवश्यक संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दलित सरोकार मञ्च नेपालको नेतृत्वमा विभिन्न दलमा आबद्ध दलित नेता, कानून व्यवसायीद्वारा मधेसी दलितको प्रतिनिधित्व सुनिश्चित गराउन मागसहितको ध्यानाकर्षण ग्रहणपछि उनले आफूहरू कानूनको मस्यौदा तयारीका क्रममा रहेकाले त्यसमा मधेसी दलितलाई पनि समावेश गराउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रमुख आयुक्त थपलियाले हरेक समुदायभित्रको समावेशिताका सम्बन्धमा कानूनी व्यवस्था स्पष्ट नभएकाले ती समुदायका उच्च वर्गले प्रतिनिधित्व बढी गर्ने स्थिति रहेको उल्लेख गर्दै बाहुनकी छोरी दलितसँग विवाह गरेर आएपछि दलित कोटामा प्रतिनिधित्व गर्ने तर सदियौँदेखि विभेदमा परेका मान्छे प्रतिनिधित्वमा नआउने अवस्था रहेको धारणा राखे ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  १० : ४७ बजे

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका