विश्व इतिहासमा आज : टर्कीमा सैन्य ‘कु’देखि जेमिसनको अन्तरिक्ष यात्रासम्म  « Khabarhub

विश्व इतिहासमा आज : टर्कीमा सैन्य ‘कु’देखि जेमिसनको अन्तरिक्ष यात्रासम्म 


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २७ गते सोमबार। सन् २०२२ को सेप्टेम्बर १२ तारिख। आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् १९९२ सेप्टेम्बर १२ मा माई जेमिसन अन्तरिक्षमा जाने पहिलो अफ्रिकी–अमेरिकी महिला बनेकी थिइन्। जेमिसनले अन्तरिक्षमा १ सय ९० घण्टा समय बिताएकी थिइन्। नासाको सो ५० औँ अन्तरिक्ष यान अभियान थियो।

सन् १९८० सेप्टेम्बर १२ मा टर्कीमा सैन्य कु भएको थियो। यो टर्कीको इतिहासको तेस्रो कु थियो।

सन् १९७४ सेप्टेम्बर १२ मा इथियोपियामा भएको कुपछि सम्राट हाइले सेलासी पदच्युत भएका थिए।

सन् १९७० सेप्टेम्बर १२ मा सोभियत संघले ‘लुना १६’ नामक यान प्रक्षेपण गरेको थियो।

सन् १९५३ सेप्टेम्बर १२ मा रोड आइल्याण्डको न्यूपोर्टमा ज्याकलिन ली बोवी र जोन एफ केनेडीको विवाह भएको थियो।

सन् १९४३ सेप्टेम्बर १२ मा हिटलरको आदेशमा जर्मन पाराट्रुपरहरुले ‘द ग्रान सासो रेड’ सञ्चालन गरेका थिए। इटालीका राजाको आदेशमा स्कि रिसोर्टमा बन्धक बनेका शासक बेनिटो मुसोलिनीलाई छुटाउन सो अभियान सञ्चालन गरिएको थियो।

सन् १९१३ सेप्टेम्बर १२ मा खेलाडी जेसी ओवेन्सको जन्म भएको थियो। सन् १९३६ मा आयोजना भएको बर्लिन ओलम्पिकमा ओवेन्सले ट्रयाक एण्ड फिल्ड खेलमा ४ पदक जित्न सफल भएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ३५ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।