देशको समृद्धिका लागि मिलेर अघि बढौँ: डा. महतो « Khabarhub

देशको समृद्धिका लागि मिलेर अघि बढौँ: डा. महतो


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लण्डन – गैरआवासीय नेपाली संघ (एनआरएनए) संस्थापक डा.उपेन्द्र महतोले देशको समृद्धिका लागि मिलेर अघि बढ्न विदेशमा बस्ने नेपालीलाई आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघको एनआरएनए एकेडेमीद्वारा आइतबार आयोजित आर्थिक पारदर्शिता र व्यवस्थापनसम्बन्धी एक भर्चुअल अन्तरक्रियालाई सम्बोधन गर्दै उनले देश समृद्ध नभएसम्म व्यक्तिगत सफलताको कुनै अर्थ नहुने बताए। उनले अहिले विश्वले पुँजीलाई भन्दा ज्ञान, सिप, परम्परा, संस्कार र अनुभवलाई महत्त्व दिन थालेको बताए।

डा. महतोले विदेशमा सङ्घर्ष गरेर केही हदसम्म नेपालीहरू स्थापित हुनसकेकोमा खुसी व्यक्त गर्दै विदेशमा सिकेको ज्ञान सिप र अनुभव आफ्नै देशमा लगाउन आग्रह गरे।

उनले नेपाललाई आर्थिक समृद्धि मात्र होइन बौद्धिक, धार्मिक, सांस्कृतिक रुपमा पनि समृद्धि बनाउन लाग्नु पर्नेमा जोड दिए। देशको समृद्धिको लागि काम गर्न चुनौतीपूर्ण भए पनि यसलाई अवसरको रुपमा लिनु पर्ने उनले बताए।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले संघको अभियानको स्थापना नै देशमा ज्ञान, सिप र अनुभवलाई देशमा भित्र्याउने उद्देश्यले भएको स्मरण गराए। उनले पनि नेपालको समृद्धिको लागि काम गर्न गम्भीर भएर लाग्न आग्रह गरे।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ६ : ४७ बजे

एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले छोडे पार्टी

काठमाडौं- नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटीका सदस्य खुमाकान्त पौडेलले पार्टी

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका