१६ वर्षपछि पक्राउ गरी जेल चलान | Khabarhub Khabarhub

१६ वर्षपछि पक्राउ गरी जेल चलान


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार एक जनालाई १६ वर्षपछि पक्राउ गरी जेल चलान गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले विसं २०६३ साउन २ गते काठमाडौँ महानगरपालिका वडा नं ३२ कोटेश्वर चोकमा मनोज खड्काको हत्यामा सङ्लग्न कुमार तामाङ भन्ने राजकुमार मगरलाई पक्राउ गरी आइतबार डिल्लीबजार कारागार चलान गरेको हो।

साथीको जन्मदिन मनाउने क्रममा झगडा हुँदा विसं २०६३ साउन २ गते राति १० बजे गम्भीर घाइते भएका खड्काको भोलिपल्ट बिहान ५ बजे उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका मगरलाई जिल्ला अदालतको आदेशानुसार कारागार चलान गरेको जानकारी दिए।

प्रवक्ता मैनालीका अनुसार कर्तव्य ज्यान मुद्दामा फरार रहेका मगरलाई विस २०७९ साउन ३० गते कतार प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौँ ल्याइएको हो। जिल्ला अदालतको आदोअनुसार मगरलाई आइतबार डिल्लीबजार कारागार चलान गरिएको प्रवक्ता मैनालीले बताए।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ९ : ५४ बजे

आज २०८२ साल कात्तिक २५ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक २५ गते मंगलबार। मंसिर

आँधीपछि समुद्रमा ४० घण्टा विताएका तीन भियतनामी नागरिकको सकुशल उद्धार

हनोई – भियतनामको समुद्री तटबाट काल्मेगी आँधीपछि आएको बाढीले बगाएका

दिल्ली बिस्फोट अपडेटः ज्यान गुमाउनेको संख्या कम्तीमा १० पुग्यो

काठमाडौँ- भारतको दिल्लीमा रहेको ऐतिहासिक लाल किल्ला स्मारकमा रहेको मेट्रो

ताप्लेजुङमा नेपाल–भारत सीमा स्तम्भको संयुक्त अनुगमन

ताप्लेजुङ – नेपाल–भारत सीमाको ताप्लेजुङ–सिक्किम खण्डमा संयुक्त अनुगमन र गस्ती

दिल्ली विस्फोटमा ज्यान गुमाउनेप्रति मोदीद्वारा दु:ख व्यक्त

काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा सोमबार साँझ भएको विस्फोटमा