वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुग्यो : उपाध्यक्ष पोखरेल | Khabarhub Khabarhub

वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुग्यो : उपाध्यक्ष पोखरेल


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको बताएका छन्।

सोमबार काठमाडौँको बिशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद्, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताएका हुन्।

उनले राजनीतिक दलहरूमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको बताए। मुलुकलाई सही दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने जिकिर गरे।

त्यस्तै बागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्व जानकारी नराखी काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको बताए। उनले एक जना व्यक्ति पनि अन्यायमा नपर्ने गरी महानगरले आफ्नो काम अघि बढाउनुपर्ने धारणा राखे ।

उनले आतंकको रुपमा नभई सचेतना फैलाउँदै सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १ : ४० बजे

किसानलाई अनुदानमा हाते ट्र्याक्टर वितरण

गोरखा– गोरखा नगरपालिका– ८ ले कृषिलाई प्रविधिमैत्री बनाउन किसानलाई अनुदानमा

विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेती 

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिका– ६ हौँचुरका सरोज खालिङ राई रोजगारीको

कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटाको अन्त्येष्टि

पोर्चुगल – बिहीबार कार दुर्घटनामा ज्यान गुमाएका फुटबलर डिएगो जोटा

राजा महेन्द्रले मन पराएको महेन्द्रनगर !

काठमाडौं – २०११ साल साउन ८ गते शुक्रबारदेखि लगातार पाँच

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै