संविधान दिवसको अवसरमा एमालेले वाकथन आयोजना गर्ने | Khabarhub Khabarhub

संविधान दिवसको अवसरमा एमालेले वाकथन आयोजना गर्ने


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आठौँ संविधान दिवसका अवसरमा पार्टीले आगामी १ असोजमा उपत्यकामा वाकथन (पदयात्रा) आयोजना गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन ३ असोजमा प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम १ असोजमा तय गरेको हो ।

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतीदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा सुरू हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ । सभामा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नेछन्।

वाकथनलाई भव्य बनाउन सोमबार पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बसेको तयारी बैठकमा उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक संघर्षपछि नेपाली जनताले संविधानसभाबाट संविधान पाएको विषयलाई त्यही उचाइमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसबर्ष वाकथन आयोजना गर्न लागिएको बताए ।

संविधान दिवसका अवसरमा आयोजित कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ । बैठकमा स्थायी कमिटी सदस्य भानुभक्त ढकालले कार्यक्रमबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : १३ बजे

प्रधानमन्त्री ओलीद्वारा नेपाल–स्पेनका व्यवसायी र लगानीकर्तासँग छलफल

स्पेन – स्पेनको सेभिल्लामा भएको संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्त’सम्बन्धी

वैदेशिक सहयोगको विरोध गर्नु गलत मनोविज्ञान हो : पूर्वअर्थमन्त्री आचार्य

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले वैदेशिक

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलको महाधिवेशन

कुलिङ पिरियड विवाद : छानबिन समितिबारे सभामुखले थाले परामर्श

काठमाडौं – संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड

पाकिस्तानमा भारी वर्षा र बाढीका कारण ६४ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानमा विगत एक सातादेखि जारी भारी वर्षा र