ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङमा छुट « Khabarhub

ज्योति विकास बैंकका ग्राहकलाई ई-रिभल्भिङमा छुट


१३ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ज्योति विकास बैंक लिमिटेडका ग्राहकले काठमाडौंस्थित ई-रिभल्भिङ इन्डियन कजिन रेस्टूराँमा १० प्रतिशतसम्म छुट पाउने भएका छन्‌ । बैंक र रेस्टूराँबीच छुटसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

बैंकका ग्राहकहरूले उक्त रेस्टूराँमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । स्वादिष्ट परिकार, आकर्षक वातावरण, उत्कृष्ट आतिथ्य सेवा र हरेक ४६ मिनेटमा एक सुस्त घुमाउरो घुम्ने विशेषताका कारण काठमाडौँको न्युरोडमा रहेको यो रेस्टूराँले ग्राहकहरूको मन जितिरहेको बैंकको दाबी छ ।

हालै बैंकले काठमाडौँस्थित अचार घर, नेपाल हाउस रेस्टूराँ एण्ड बार र महोत्सव रेस्टूराँ एण्ड बारमा आफ्ना ग्राहकलाई १० प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ । साथै, बैंकले काठमाडौँस्थित प्रख्यात शोयाछा ट्रेडर्समा १८ प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ। साथै, बैंकले अन्नपूर्ण केबलकारमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ ।

ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै र देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई छुट र सुविधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत् बैंकिङ सेवा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०८१, बिहीबार  ५ : ११ बजे

धनगढीबाट डा. गोविन्द केसी २४औँ सत्याग्रह

काठमाडौँ – चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि निरन्तर

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक संघका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँग

झमककुमारीको सशक्त सन्देश- सामर्थ्यवान् शरीर हुँदाहुँदै किन ज्यान फाल्नुहुन्छ ?

जीवनले कहिलेकाहीँ यति धेरै परीक्षा लिन्छ कि हार मान्न मन

अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी– सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,