लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ « Khabarhub

लुटपाटमा संलग्न रहेको आरोपमा दुई जना पक्राउ


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नक्कली पेस्तोल देखाई लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोक साँगाचोक गढी नगरपालिका-६ घर भई काठमाडौं हाँडीगाउँ बस्ने ४१ वर्षीय बाल सुन्दर सापकोटा र सोही ठाउँ बस्ने ४० वर्षीय अर्जुन कार्की रहेका छन् । 

उनीहरूलाई २ थान नक्कली पेस्तोल र सोको ५ थान गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका-३१ कात्यायनी मन्दिर नजिक कपिल श्रेष्ठको केएस मोबाइल पसलमा सापकोटा सहित २ जनाले नक्कली पेस्तोल देखाई तीन थान मोबाइल लुटपाट गरेको प्रहरीले जनाएको छ । 

उक्त घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई सोही मन्दिर नजिकबाट लुटपाट गरेको ३ थान मोबाइल, घटनामा प्रयोग भएको उक्त पेस्तोल र गोली सहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई डाँका कसूरमा आवश्यक कानूनी कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १२ : ४१ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन