न्युजिल्याण्डमा झण्डै २ हजार कोरोना सङ्क्रमित थपिए, थप ४६ जनाको मृत्यु « Khabarhub

न्युजिल्याण्डमा झण्डै २ हजार कोरोना सङ्क्रमित थपिए, थप ४६ जनाको मृत्यु


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना लहरको प्रारम्भीक चरणमा महामारीको सफल व्यवस्थापन गरेर चर्चा कमाएको न्युजिल्याण्डमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा करिब दुई हजार जना सङ्क्रमित भएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।

मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको पनि बताइएको छ ।

जुलाई महिनाको सुरुको हप्तामा त्यहाँ दैनिक दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।

त्यहाँ कोभिड १९ महामारी सुरु भएदेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ । यो सङ्क्रमणबाट हुने मृत्युदरमा भने कमी आएको बताइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट हालसम्म एक हजार ९६२ जनाको मात्र मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : ५६ बजे

नेपालमा आइसिसी टी-२० विश्वकपको ट्रफी टुर तीन दिनसम्म चल्ने

काठमाडौं – भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि मार्च

फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध

पेरिस – फ्रान्समा बालबालिकालाई अत्यधिक स्क्रिन टाइमबाट जोगाउन नयाँ प्रयास

तराईमा हुस्सु तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राष्ट्रिय पोसाक र टोपी दिवस मनाइँदै

काठमाडौं – विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक

अंग्रेजी नयाँ वर्ष २०२६ सुरु

काठमाडौं – ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन्