न्युजिल्याण्डमा झण्डै २ हजार कोरोना सङ्क्रमित थपिए, थप ४६ जनाको मृत्यु « Khabarhub

न्युजिल्याण्डमा झण्डै २ हजार कोरोना सङ्क्रमित थपिए, थप ४६ जनाको मृत्यु


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना लहरको प्रारम्भीक चरणमा महामारीको सफल व्यवस्थापन गरेर चर्चा कमाएको न्युजिल्याण्डमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा करिब दुई हजार जना सङ्क्रमित भएका छन् ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोभिडबाट पछिल्लो २४ घण्टामा एक हजार नौ सय ४१ जना सङ्क्रमित भएका हुन् ।

मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार सङ्क्रमण गएका केही हप्ताको तुलनामा अहिले कम हुदै गएको छ । साथै पछिल्लो २४ घण्टामा ४६ जना सङ्क्रमितको मृत्यु भएको पनि बताइएको छ ।

जुलाई महिनाको सुरुको हप्तामा त्यहाँ दैनिक दश हजार जनामा सङ्क्रमण हुने गरेको थियो । तर पछिल्लो समयमा यो सङख्या घट्दै गएको र अहिले आएर दैनिक करिब दुई हजार जनामा मात्र यो सङ्क्रमण भएको पाइएको बताइएको छ ।

त्यहाँ कोभिड १९ महामारी सुरु भएदेखि अहिलेसम्म १७ लाख भन्दा बढीमा यो सङ्क्रमण भएको बताइएको छ । यो सङ्क्रमणबाट हुने मृत्युदरमा भने कमी आएको बताइएको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यो सङ्क्रमणबाट हालसम्म एक हजार ९६२ जनाको मात्र मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ३ : ५६ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा