स्थानीय जातका गाई संरक्षण सुरु « Khabarhub

स्थानीय जातका गाई संरक्षण सुरु


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको विहादी गाउँपालिकामा स्थानीय जातका गाई संरक्षण सुरु गरिएको छ । स्थानीय जातको गाई लोप हुँदै गएपछि गाउँपलिकाले संरक्षण अभियान थालेको हो ।

विहादी गाउँपालिकाले पालिकाभित्रका छ वटै वडामा व्यावसायिक वा निर्वाहमुखीरुपमा स्थानीय जातका गाईपालन गरेका कृषकलाई प्रोत्साहसमेत गर्ने भएको छ । 

पर्वतमा पछिल्लो समय उन्नत जातका गाईपालन बढ्दै गएको छ । थोरै दूध दिने र गाईपालनको खर्चसमेत नउठ्ने भन्दै कृषक स्थानीय गाईपालन गर्न छाडेका छन् । पालिकाले सूचना जारी गर्दै स्थानीय जातका गाईपालक कृषकलाई गाईको सुत्केरी भत्ताका लागि आवेदन माग गरेको छ । कृषकलाई प्रोत्साहनसहित गाईपालनतर्फ आकर्षण बढाउन यस्तो अभियान थालिएको विहादी गाउँपालिकाका अध्यक्ष प्रविण गुरुङले जानकारी दिए । 

गाई अभावमा गाउमा विभिन्न हिन्दु संस्कारमा गाईको दस्तुर भन्दै नगद दक्षिणा राखेर उम्काउने गरिएको छ । यसले हिन्दु धर्म नै संकटमा पर्ने र बिन्दू धर्मावलम्बी नयाँपुस्ताले स्थानीय जातको गाईको पहिचान नै नपाउने भएकाले संरक्षण गर्न थालिएको अध्यक्ष गुरुङको भनाइ छ । 

नगरपालिकाको यस कार्यक्रममा समावेश हुन गाई र गर्भधारण गराइएको बहर स्थानीय नै हुनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोधबाबु पौडेलले जानकारी दिए । 

पालिकाले न्यूनतम पाँच हजारभन्दा बढी प्रोत्साहन भत्ता दिने तयारी गरेको छ । जिल्लाका सात स्थानीय तहमध्ये विहादीले पहिलोपटक स्थानीय गाईलाई संरक्षणका लागि अभियान थालेको हो । यसअघि जिल्लाका सबैजसो पालिकाले गाईभैँसीलाई सुत्केरी भत्ता दिने कार्यक्रम भने यसअघि नै सुरु गरेका थिए । 

भैँसी सुत्केरी भएपछि पाडापाडी तत्काल मासुका रुपमा उपभोग गर्ने प्रचलन बढेपछि सुत्केरी भत्ता दिएर पाडापाडी हुर्काउने र स्थानीय जानका लिमे पाराकोटे भैँसी संरक्षणका लागि उक्त कार्यक्रम लागू गरेका छन् । 

यस्तै पशु अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्ष गाईभैँसीको सुत्केरी खर्चका लागि रु छ लाख रुपैयाँ विनियोजन गरेको छ । 

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ५ : ४७ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट