मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने « Khabarhub

मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिताले गर्ने


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस टुरिजम’मा नेपालको प्रतिनिधित्व मुदिता तुलाधरले गर्ने भएकी छन्।

‘मिसेस टुरिजम’ को लागि नेपाली आधिकारी संस्था इ प्लानेटले काठमाडौँमा एक कार्यक्रमकाबीच तुलाधरलाई ‘मिसेन टुरिजम नेपाल २०२२’ को क्राउन पहिर्‍याउँदै प्रतियोगिताका लागि आधिकारिकता प्रदान गरेको हो।

तुलाधरलाई सन् २०१९ की ‘मिसेस युनिभर्स नेपाल’ अनिला श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । काठमाडौं निवासी दुई सन्तानकी आमा तुलाधारले क्राउनले आफूलाई जिम्मेवारी थपिएको महसुस भएको बताइन्।

उनी सेप्टेम्बर २३ मा नेपालबाट थाइल्याण्ड प्रस्थान गर्नेछिन्। विदेशी आगन्तुक तथा लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र राष्ट्रियताको भावना अभिवृद्धि गर्ने उद्देश्यका साथ ‘मिसेस टुरिजम’को फ्रेन्चाई नेपालमा भित्र्याएको आयोजक ई प्लानेट नेपालका सन्तोष सापकोटाले बताए। ग्रिन आर्टस मिडियाले म्यानेजमेन्ट गरेको प्रतियोगितामा नेपा डान्स एकडेमीको सहयोग रहेको थियो।

क्राउनिङ कार्यक्रममा रोजिन शाक्य (इन्टरनेसनल कोरियोग्राफर), मिसेस रोहिया महरजन (इन्टरनेसन डान्स कोरियाग्राफर), मिसेस परी परिन्दा श्रेष्ठ (मिसेस हेरिटेज नेपाल २०२२), प्रविन लाकौल  (सिईओ–ग्रिन आट्स मिडिया) लगायतको उपस्थिति थियो।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ०२ बजे

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न

प्रतिनिधिसभा बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे

ह्यारी केन बने जर्मनीको ‘प्लेयर अफ द इयर’ जित्ने पहिलो अंग्रेजी खेलाडी

म्युनिख – बार्यन म्युनिखका स्टार स्ट्राइकर ह्यारी केन जर्मनीको ‘प्लेयर

आर्थिक संकट र अमेरिकी घेराबन्दीबीच इरानमा इन्धनको मूल्य बढाउने तयारी

तेहरान – अमेरिकी प्रतिबन्ध र निरन्तरको युद्धका कारण थलिएको अर्थतन्त्रलाई