अष्ट्रेलियामा कंगारुको आक्रमणबाट ७७ वर्षे वृद्धको मृत्यु « Khabarhub

अष्ट्रेलियामा कंगारुको आक्रमणबाट ७७ वर्षे वृद्धको मृत्यु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कंगारुको हमलामा अष्ट्रेयिलयामा एक ७७ वर्षीय वृद्धको मृत्यु भएको छ । मारिने व्यक्ति ७७ वर्षे पिटर एडेस रहेको अष्ट्रेलियाबाट प्रसारण हुने एबीसी टेलिभिजनको अनलाइन संस्करणले जनाएको छ ।

उनले ६० भन्दा धेरै अल्पाका नामक घरपालुवा जनावर पालेर जीवन बिताउँदै आएका थिए । उनलाई आफन्तले पश्चिमी अस्ट्रेलियाको थोरै जनसंख्या भएको दक्षिणी सहर रेडमन्डको घरमा गम्भीर घाइते अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनको घरमा एम्बुलेन्सका कर्मचारी पुग्दा ती व्यक्तिको मृत्यु भइसकेको थियो । प्रहरीले कंगारुलाई गोली हानेर मारिदिएका छन् ।

३ वर्षे उक्त कंगारुलाई ती मानिसले पाल्तु जनावरको रूपमा राखेको हुन सक्ने प्रहरीको अनुमान छ ।

कंगारुले अस्ट्रेलियाली इतिहासमा ८६ वर्षपछि पहिलो पटक आक्रमण गरेको अमेरिकाबाट प्रकाशित हुने न्यूयोर्क टाइम्सले जनाएको छ ।

अष्ट्रेलियाका सञ्चारमाध्यमहरूका अनुसार यसअघि सन् १९३६ मा कंगारुको हमलामा मानिसको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ४ : ४९ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा