सडक विस्तार रोक्न अदालतको अन्तरिम आदेश « Khabarhub

सडक विस्तार रोक्न अदालतको अन्तरिम आदेश


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँ जिल्ला अदालतले पिप्लेदेखि बन्दीपुरसम्म भइरहेको सडक विस्तार तत्कालका लागि रोक्न बन्दीपुर गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

गाउँपालिका–२ बस्ने सन्तकुमार श्रेष्ठले बन्दीपुर गाउँपालिका, गाउँपालिकाका अध्यक्ष, वडा नं २ कार्यालय र वडाध्यक्षलाई विपक्षी बनाई दायर गरेको रिटउपर बुधबार सुनुवाइ गर्दै जिल्ला न्यायाधीश दीपक ढकालले सडक विस्तारकार्य तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेका हुन् ।

गाउँपालिका–२ मा अवस्थित निवेदकको नामदर्ता र स्वामित्वमा रहेको जग्गा र भौतिक संरचना हटाई बाटो फराकिलो बनाउने क्रममा निवेदकको सहमति र मञ्जुरीविना निर्माणकार्य अगाडि बढाउँदा नागरिकको सम्पत्तिको अधिकारमा प्रतिकूल असर पुग्ने भएकाले सडक विस्तारकार्य तत्कालका लागि रोक्न जिल्ला अदालत नियमावली, २०७५ को नियम ३४ (१) बमोजिम अन्तरिम आदेश जारी भएको तनहुँ जिल्ला अदालतले जनाएको छ ।

हाल निवेदकको सहमति र मञ्जुरीविना निवेदनमा उल्लिखित कित्ता जग्गा र सोमा भएका भौतिक संरचनामा असर पुग्ने गरी कुनै पनि निर्माणकार्य नगर्न/नगराउनु भनी विपक्षीको नाममा अन्तरिम आदेश जारी भएको छ । निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले र अधिवक्ता भानुभक्त सुवेदी तथा विपक्षीको तर्फबाट अधिवक्ता रामचन्द्र न्यौपानेले अदालतमा बहस गरेका थिए ।

सडक विस्तारकार्य तत्कालका लागि रोकी सोको सूचना विपक्षीलाई दिन र लिखित जवाफ पेश भएपछि प्रस्तुत निवेदन पूर्ण सुनुवाइका लागि पेश गर्न अदालतले आदेश गरेको छ । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले सडक विस्तारको क्रममा कुनै व्यक्तिको सम्पत्तिमा हस्तक्षेप नगरेको बताए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ५३ बजे

बुटवल–नारायणघाट खण्डअन्तर्गत दाउन्ने क्षेत्रको निरीक्षणमा पुगे भौतिकमन्त्री 

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री माधवप्रसाद चौलागाईँले स्तरोन्नतिको चरणमा रहेको बुटवल–नारायणघाट

बालेनको तीन वर्षे रिपोर्ट कार्ड : ६ महानगरबीच कहिल्यै अब्बल बनेन काठमाडौं

काठमाडौं– यतिबेला मुलुक फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनतिर होमिएको

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु राम्रो हो : अर्थमन्त्री खनाल

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले मन्त्रीहरूले बुझाएको सम्पत्ति विवरण सार्वजनिक भए

काठमाडौं ४ का मतदाताको अनुभव : अहिले गगन थापाको लोकप्रियता मदन भण्डारीको जस्तै छ

काठमाडौं- २०६४ सालयताका निर्वाचनमा लगातार विजयी नेपाली कांग्रेसका सभापति गगनकुमार

लगानीकर्ता निरुत्साहित भए, आवश्यक परे ७ दिनभित्र अध्यादेश ल्याउछौँ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गैर–आवासीय नेपाली (एनआरएन) र