दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 5 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – आज दिनभर  ओलीले भ्रष्टाचार गरेको प्रचण्डको आरोप,डेंगु नियन्त्रण अभियान सञ्चालन गर्दै सरकार,राष्ट्रियसभाबाट बीमा विधेयक २०७५ पारित,राष्ट्रियसभाबाट बीमा विधेयक २०७५ पारित, निर्वाचन सुरक्षामा खटिने प्रहरीले दैनिक १२ सय भत्ता पाउने, जय नेपाल हलको कम्पाउन्ड खोतल्दा काठमाण्डौमा टुकुचा खोला भेटियो लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरूस्

ओलीले भ्रष्टाचार गरेको प्रचण्डको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार गर्दिनँ भनेर भित्रभित्रै भ्रष्टाचार गर्ने प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका छन ।

बिहीबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रीय महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने साइनबोर्ड राखेर भित्र भ्रष्टाचारबाहेक केही पनि नगर्ने व्यक्तिहरू मुलुक सञ्चालनमा रहेको भन्दै यस्तो प्रवृतिलाई अन्त्य गर्नुपर्ने बताएका हुन । उनले मुलुकबाट भ्रष्टाचार अन्त्य गर्नका लागि निर्वाचन प्रणाली र शासकीय स्वरूपमा परिवर्तन गर्नुपर्ने स्पष्ट पारे ।

कार्यक्रममा व्यवसायी कृष्ण आचार्यले राजनीतिक परिवर्तनसंगै अव आर्थिक रुपान्तरणका लागि केन्द्रीत हुनुपर्ने बेला आएको बताए । उनले निर्वाचनको घोषणा पत्रमा दलहरुले आर्थिक बिषयलाई प्राथमिकताका साथ समेट्नुपर्ने बताउए । कार्यक्रमका व्यवसायीहरुले निर्वाचनका जादा व्यवसायीहरुको मुद्धालाई प्राथमिकतामा साथ अघि बढाउन सुझाव दिएका थिए ।

गठबन्धनका कारण देश अप्ठेरो अवस्थामा पुग्यो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले देशलाई अप्ठेरो अवस्थामा पुराएको बताएका छन । पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसावले निर्लज्ज ढंगले ओरालोतर्फ लगिरहेको बताएका हुन ।

मुलुकलाई शान्ति र स्थीरता तथा बिकासको बाटोतर्फ अघि बढाउन अवको निर्वाचनमा एमालेले हार्न हुने उनले बताए । ओलीले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अव यसलाई रोक्नुपर्ने धारणा राखे । एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको उनको भनाई छ ।

अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरु मध्ये कसैले पनि एक्लाएक्लै चूनाव लड्ने आँट गर्न नसकेको तर्क गरे । उनले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफुलाई नै साधारण सदस्यबाट निष्काशन गरेको बताए ।

डेंगु नियन्त्रण अभियान सञ्चालन गर्दै सरकार
स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले डेंगु नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका छन ।

बिहीबार मन्त्रालयमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुको ज्ञापन पत्र बुझ्दै मन्त्री खापुङले डेंगु नियन्त्रणका निरन्तर छलफल भइरहेको र एक्सनमा जाने काम भइरहेको बताएका हुन ।

उनले लामखुट्टेको लार्भा नष्ट गर्ने कामलाई पनि तीव्रता दिएको र जनचेतनका काम पनि भइरहेको जानकारी दिए । लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान देशैभरि सञ्चालन गरिरहेको उनले बताए । मन्त्री खापुङले लामखुट्टे नष्ट गर्न स्प्रे र बिषादी छर्नका लागि बिज्ञहरुका सुझाव नआएका कारण हाललाई उक्त कार्य भने नगरिएको बताए ।

राष्ट्रियसभाबाट बीमा विधेयक २०७५ पारित
राष्ट्रियसभाबाट बीमा विधेयक २०७५ पारित भएको छ । बिहीबार बसेको बैठकमा अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जामन्त्री पम्फा भुसालले बीमा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए ।

त्यस्तै बैठकले ऊर्जामन्त्री भुसालले नै प्रस्तुत गरेकाे सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई पारित गरेको छ । त्यसअघि बिहीबार नै बसेको राष्ट्रियसभाको पहिलो बैठकले पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयकलाई पारित गरेको छ । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।

नेपालले चुनावअघि अग्निपथबारे निर्णय लिन सम्भावना कम
परराष्ट्र मन्त्रालयले भारतको सैन्य भर्ती योजना अग्निपथका बिषयमा तत्काल नेपालका तर्फबाट कुनै निर्णय हुने सम्भावन नरहेको स्पष्ट पारेको छ । बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले अग्निपथ योजनाबारे तत्काल निर्णय हुने सम्भावना नभएको बताएकी हुन ।

अहिले सरकार पूर्ण रुपमा निर्वाचनको तयारीमा लागेकाले र यस बिषयमा राष्ट्रिय सहमतिसमेत आवश्यकता पर्ने भएको हुँदा पनि अहिले कुनै निर्णय नहुने उनको भनाइ छ । उनले नेपाल सरकारको निर्णय भनेको नै नवनिर्वाचित सरकारले नै गर्ने भन्ने रहेको जानकारी दिए ।

निर्वाचन सुरक्षामा खटिने प्रहरीले दैनिक १२ सय भत्ता पाउने
सरकारले निर्वाचन सुरक्षामा खटिने प्रहरी कर्मचारीलाई दैनिक १२ सयको दरले भत्ता दिने निर्णय गरेको छ । अर्थमन्त्रालयले भत्ताका लागी आवश्यक रकम उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई सहमति दिएको छ ।

आफु कार्यरत रहेको स्थानमा निर्वाचन सुरक्षामा खटिने प्रहरीले ७ दिनको भत्ता पाउने भएका छन् । कार्यरत स्थान भन्दा बाहिरको जिल्लामा खटिनेलाई दैनिक १२ सयको दरले १४ दिनको दैनिक भ्रमण भत्ता दिने निर्णय गरिएको प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी दानबहादुर कार्कीले बताए ।

कार्यालय सुरक्षामा खटिने प्रहरीले पनि भत्ता पाउँनेछन् । आफु कार्यरत जिल्ला बाहिर खटिँदा १४ दिनको दैनिक भ्रमण भत्ता लिने सुरक्षाकर्मीले रासन बापतको रकम भने पाउने छैनन् । त्यस्तै, निर्वाचनमा खटिने प्रहरीका लागि आवश्यक औषधी खरिद गर्न अर्थ मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई ५० लाख निकासा दिएको छ ।

जय नेपाल हलको कम्पाउन्ड खोतल्दा काठमाण्डौमा टुकुचा खोला भेटियो
काठमाण्डौ महानगरपालिकाले हात्तीसारको जय नेपाल हलको कम्पाउन्ड खोतल्दा टुकुचा खोला फेला पारेको छ ।

आज बिहीवार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको थियो । महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यस क्षेत्रमा गायब भएको थियो ।

खोलाको बहाव क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो । महानगरले केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो । आज डोजरले खोतल्दा जय नेपाल हलमा टुकुचा खोला भेटिएको महानगरका सहप्रवक्ता महेश काफ्लेले जानकारी दिनुभयो । महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ ।

डेंगु संक्रमित १२ हजार नाघे
नेपालमा डेंगु संक्रमितको संख्या १२ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारको तथ्यांकअनुसार साउनदेखि २९ भदौसम्म १२ हजार दुई सय १७ जना डेंगु संक्रमण पुष्टि भएको छ ।

यस्तै, डेंगु संक्रमणबाट हालसम्म ११ जनाले ज्यान गुमाएका छन् । नेपालमा पहिलो पटक २०६१ सालमा डेंगुका बिरामी फेला परेका थिए । तत्पश्चात नेपालमा डेंगु बर्षेनी देखिएको छ । हाल देशको सात प्रदेशअन्तर्गतका ७५ जिल्लामा डेंगु फैलिएको छ ।

थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ६ सय ७४ पिसिआर परिक्षणका क्रममा ७५ जना र २ हजार १ सय १६ एन्टीजेन परिक्षणका क्रममा ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन ।

त्यस्तै थप १ सय ३७ संक्रमित निको भएका छन् । हाल नेपालमा २ हजार १ सय २९ सक्रिय संक्रमित आइशोलशेनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

विप्लवका नेता कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको निर्णय
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेको दाबी गरिएको छ । नेकपा प्रवक्ता खड्ग विश्वकर्मा प्रकाण्डले बिहीबार विज्ञप्ति निकालेर आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारको २७ भदौको निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

गत ६ साउनमा ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव विप्लव, प्रवत्ता प्रकाण्डलगायतका नेता र कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको थियो । तर, चार दिनअघि २७ भदौ सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफ्ना नेता तथा कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको नेकपाले दाबी गरेको हो ।

महानगरपालिकाविरूद्ध फुटपाथ व्यापारी आन्दोलित
काठमाडौं महानगरपालिका विरूद्ध फुटपाथ व्यवसायी आन्दोलित भएका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

बिहान ११ बजे सुन्धारामा जम्मा भएर साना व्यवसायीहरू भद्रकाली हुँदै महानगर कार्यालय परिसरमा पुगेर धर्ना दिएका हुन् । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिनुपरेको संघले जनाएको छ ।

सडकपेटी तथा गल्लीहरुमा व्यापार गरेर जीवन चलाउने निम्न वर्गीय स्वरोजगार श्रमिकहरुको सामान कब्जा गर्ने, श्रमिकहरुलाई हातपात र गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेको र विकल्पको व्यवस्था नै नगरी गरिखाने श्रमिकहरुलाई बेरोजगार बनाउने काम गरेको भन्दै महानगरविरुद्ध आन्दोलित भएको व्यापीहरको भनाई छ ।

टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारको निर्णय
कैलालीको टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने सरकारले निर्णय गरेको छ। भदौ २७ को मन्त्रिपरिषद् बैठकले कानुन संशोधन गरी टीकापुर घटनासम्बन्धी मुद्दा खारेज गर्ने निर्णय गरेको हो ।

टीकापुर घटनासम्बन्धी मुद्दाको खारेजी प्रक्रिया अगाडि बढाउन सरकारले गृह मन्त्रालयलाई निर्देशनसमेत दिएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समिति र तत्कालीन केपी ओली नेतृ्त्वको सरकारबीच विसं २०७८ जेठ १८ गते ६ बुँदे सहमति भएको थियो। विसं २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा आन्दोलनकारी र प्रहरीबीचच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको थियो।

टीकापुर घटनामा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले मुख्य अभियुक्त भनिएका रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो ।

सम्झौताअनुसार काम नगर्ने सुदूरपश्चिमका दुई निर्माण कम्पनी कालो सूचीमा
सुदूरपश्चिम प्रदेशका दुई निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको छ। सम्झौताअनुसार समयमा काम नगर्ने कैलाली र अछामको निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको हो । कृषि विकास निर्देशनालय डोटीले पृथ्वी कन्स्ट्रक्सन वर्दगोरिया गाउँपालिका वडा नम्बर ४ कैलालीलाई कालो सूचीमा राख्न लेखि पठाएको थियो।

समयमा सम्झौताअनुसार काम नभएपछि निर्देशनालयले कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखि पठाएको हो। शिवराज सापकोटा सञ्चालक रहेको सो कम्पनीले निर्देशनालयसँग भएको सम्झौताअनुसार समयमा काम नगरेपछि खरिद अनुगमन कार्यालयले सार्वजनिक सूचना नै प्रकाशन गरेर सो कम्पनीलाई एक वर्षका लागि कालो सूचीमा राखेको छ। यस्तै अछाममा रहेको धैर्यता निर्माण कम्पनीलाईपनि कालो सूचीमा राखिएको छ।

भदौ २७ गते सार्वजनिक खरिद अनुगमन कार्यालयले दुवै निर्माण कम्पनीलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखेको हो।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ९ : ०३ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको