उडिरहेको लडाकू विमानबाट इन्धन ट्याङ्की खसेपछि… « Khabarhub

उडिरहेको लडाकू विमानबाट इन्धन ट्याङ्की खसेपछि…


१२ असार २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय राज्य हरियाणाको अंबालास्थित एयरफोर्स स्टेशनमा बिहीबार विहान भारतीय वायु सेनाको लडाकू विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

उडान भरेको केही समयमै लडाकू विमानबाट इन्धन भरिएको ट्याङ्की २ ओटा खसेपछि चालकले आपतकालीन अवतरण गराएका छन् ।

विमानबाट खसेको इन्धन ट्यांकीका कारण अंबाला शहरको बलदेव नगरका स्थानीय आतंकित भएका थिए ।

आकाशमा उडिरहेको विमानबाट खसेको इन्धन ट्याङ्कीका कारण केही ठाउँमा आगलागी भएको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि वायु सेना र प्रहरीले मिलेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाबाट कुनै क्षति भने नभएको जनाइएको छ । स्थानीय प्रहरीले घटना भएको केही समयमै स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।

स्थानीयहरुले आकाशबाट धुँवाको मुस्लो र आगोसहित खसेका इन्धन ट्याङ्की जमिनमा बजारिँदा भूकम्पको जस्तै धक्का महसूस भएको बताएका छन् ।

केही स्थानीय भने भूकम्प आएको भन्दै घरबाट निस्किएर खुला चौरतर्फ पनि भागेका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहिबार  १२ : ३७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको