उडिरहेको लडाकू विमानबाट इन्धन ट्याङ्की खसेपछि… « Khabarhub

उडिरहेको लडाकू विमानबाट इन्धन ट्याङ्की खसेपछि…


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारतीय राज्य हरियाणाको अंबालास्थित एयरफोर्स स्टेशनमा बिहीबार विहान भारतीय वायु सेनाको लडाकू विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

उडान भरेको केही समयमै लडाकू विमानबाट इन्धन भरिएको ट्याङ्की २ ओटा खसेपछि चालकले आपतकालीन अवतरण गराएका छन् ।

विमानबाट खसेको इन्धन ट्यांकीका कारण अंबाला शहरको बलदेव नगरका स्थानीय आतंकित भएका थिए ।

आकाशमा उडिरहेको विमानबाट खसेको इन्धन ट्याङ्कीका कारण केही ठाउँमा आगलागी भएको समेत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि वायु सेना र प्रहरीले मिलेर स्थिति नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनाबाट कुनै क्षति भने नभएको जनाइएको छ । स्थानीय प्रहरीले घटना भएको केही समयमै स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।

स्थानीयहरुले आकाशबाट धुँवाको मुस्लो र आगोसहित खसेका इन्धन ट्याङ्की जमिनमा बजारिँदा भूकम्पको जस्तै धक्का महसूस भएको बताएका छन् ।

केही स्थानीय भने भूकम्प आएको भन्दै घरबाट निस्किएर खुला चौरतर्फ पनि भागेका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १२ : ३७ बजे

जानकी मन्दिरबाट लखेटिए हर्क साम्पाङका कार्यकर्ता

काठमाडौं– विभिन्न हिन्दुवादी सङ्घसंस्था आबद्ध युवाहरूले जनकपुरधामस्थित जानकी मन्दिर परिसर

कीर्तिपुरमा आगलागी भएको कारबाट एक जनाको शव निकालियो

काठमाडौं– कीर्तिपुरको चाँदनीचोकमा कारमा रोकिराखेको कारमा आगलागी भएको छ । घटनामा

दूध उत्पादनमा आत्मनिर्भर बन्दै सुदूरपश्चिम

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख छ । तर

ललितपुरको महालक्ष्मीस्थानमा सडक भासियो (तस्बिरहरू)

ललितपुर– ललितपुरको महालक्ष्मीस्थानमा अविरल वर्षाका कारण सडक भासिएको छ । महालक्ष्मी

सिक्किम सुरुङ दुर्घटना : नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता

नयाँदिल्ली– भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा