ग्वाटेमालामा स्वतन्त्रता दिवस मनाउँदा भागदौड मच्चियो, ९ जनाको मृत्यु | Khabarhub Khabarhub

ग्वाटेमालामा स्वतन्त्रता दिवस मनाउँदा भागदौड मच्चियो, ९ जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालामा स्वतन्त्रता दिवसका अवसरमा रमाइलो गर्ने क्रममा भएको भागदौडमा परी ९ जनाको मृत्यु भएको छ ।

स्वतन्त्रता दिवसका अवसरमा आयोजित एक कार्यक्रममा भागदौडमा परी ९ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । घटनामा परी अरु २० जना घाइते भएका स्थानीय अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।

बिहीबार बिहान स्वतन्त्रता दिवसका अवसरमा आयोजित सांस्कृतिक कार्यक्रमको अन्त्य तिर भागदौड मच्चिएको थियो । देशको पश्चिमी क्षेत्रमा रहेको क्वेटजाल्तेनाङ्गमा घटना भएको स्थानीय रेडक्रमकर्मीहरुले जानकारी दिएका छन् ।

रेडक्रसकर्मीहरुले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार घटनामा परी घाइते भएकाहरुको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा स्थानीय प्रहरीले अनुसन्धान सुरु गरिसकेको र शङ्कास्पद केहीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको जनाइएको छ ।

ग्वाटेमालामा हरेक वर्षको सेप्टेम्बर १५ तारिखमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । यस मुलुकले स्पेनी साम्राज्यबाट सन् १८२१ सेप्टेम्बर १५ मा स्वतन्त्रताको घोषणा गरेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ३९ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण