मौसम खराब हुँदा हुम्लामै रोकिए पर्यटक | Khabarhub Khabarhub

मौसम खराब हुँदा हुम्लामै रोकिए पर्यटक


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिमकोट– मानसरोवर कैलाशको दर्शन गरेर फर्कनुपर्ने धार्मिक पर्यटक मौसम खराब हुँदा हुम्लामा नै रोकिएका छन् । दुई दिनदेखि हुम्लामा लगातार वर्षा भएका कारण धार्मिक पर्यटक नाम्खा गाउँपालिकाको ताक्ची र सिमकोटमा रोकिएका छन् । बुधबार रातिदेखि वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध हुँदा गन्तव्यमा लाग्नुनपर्ने पर्यटक रोकिनुपरेको हो । 

टेकर सोसाइटीका प्रबन्धक प्रह्लाद लिम्बूका अनुसार दुई दिनदेखि ताक्चीबाट सिमकोट आउने र सिमकोटबाट नेपालगञ्ज जानुपर्ने दुई सय ५६ पर्यटक यतै रोकिएको बताए । बुधबार रातिदेखि लगातार वर्षा भइरहेका कारण हवाई सेवा अवरुद्ध भएकाले लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गरेर आआफ्नो गन्तव्यतर्फ लाग्नुनपर्ने पर्यटक ताक्ची र सिमकोटमा रोकिएका हुन् । 

तीमध्ये ताक्चीबाट हेलिकप्टरमा सिमकोट आउनुपर्ने एक सय १० पर्यटक र सिमकोटबाट नेपालगञ्ज जानुपर्ने ८२ पर्यटक रोकिएका छन् । सिमकोटबाट ताक्ची जाने ६४ पनि सिमकोटमै रोकिएका छन् । ताक्चीमा रहेकामध्ये शुक्रबार हेलिकप्टरले एउटा मात्र उडान भर्न सक्दा थप पाँच पर्यटक सिमकोट आइपुगेका छन् ।

सिमकोटबाट ताक्चीका लागि पर्यटक ल्याउन तीन हेलिकप्टर सिमकोट विमानस्थलमा तयारी अवस्थामा रहे पनि लगातारको वर्षाका कारण उडान भर्न सकेका छैनन् । सिमकोटमा रहेका पर्यटक ओसार्न नेपालगञ्ज विमानस्थलमा जहाज तयारी अवस्था रहे पनि उडान हुन नसकेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । 

उडान नभएपछि पर्यटक दुवै स्थानमा रोकिएका हुन् । यसले थप आर्थिक व्ययभारसमेत थपिएको छ । पानी परिरहेका कारण ताक्चीबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटक पनि प्रभावित भएका छन् । बादल लाग्ने र पानी परिरहेका बेला लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिँदैन । यस वर्ष सद्गुरु जग्गी बासुदेवसहित एक हजार एक सय ७५ पर्यटक मानसरोवर कैलाश दर्शनका लागि हुम्ला भित्रिएका छन् । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ५८ बजे

दुर्गा प्रसाईंको बोलीमाथि कसले लगाउने लगाम ?

काठमाडौं– ‘जेन-जी विद्रोह’ पश्चात सरकार र राजनीतिक अभियन्ता दुर्गा प्रसाईंको

नुवाकोटका किसान बर्सातकै बीचमा धान भित्र्याउन व्यस्त

त्रिशूली– यहाँका किसान धानबाली भित्र्याउन व्यस्त देखिएका छन् । लगातारको

संरक्षित वन्यजन्तुको ओखेटोपहारसहित दुई युवक पक्राउ

काठमाडौं– भालुको पित्तजस्तो देखिने संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई युवा पक्राउ

दल दर्ताको निवेदन दिएपछि प्रकाण्डले भने- आजको दिन राजनीतिमा ऐतिहासिक हो 

काठमाडौं- नेत्रविक्रमचन्द विप्लव नेतृत्वको दल नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले निर्वाचन

ट्रम्प-ताकाइचीबीच ‘नयाँ स्वर्ण युग’को घोषणा

टोकियो– अमेरिकासँग महत्त्वपूर्ण खनिज सुरक्षा सम्झौता गर्नुअघि जापानकी नयाँ प्रधानमन्त्री