सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ : प्रदेश प्रमुख परियार « Khabarhub

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको छ : प्रदेश प्रमुख परियार


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संस्थागत भएको बताएका छन्।

नेपालको संविधान जारी भएको आठौँ वर्ष पुगेको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले कर्णालीवासी एवं स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले सशस्त्र सङ्घर्ष तथा जनआन्दोलनको क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति श्रद्धाञ्जलि प्रकट गर्दै घाइते तथा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्यलाभको कामना गरेका छन्।

जारी शुभकामना सन्देशमा उनले भनेका छन्, ‘नेपालको संविधानबमोजिम सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशिता संस्थागत हुँदै गएको छ। नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, बालिक अधिकार, लोकतन्त्र, आवधिक निर्वाचन, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि मार्ग प्रशस्त भएको छ।’

उनले एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेदको अन्त्य भई नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको बताएका छन्। संविधानले आदिवासी, जनजाति, महिला, दलित, मुस्लिम, उत्पीडित, सीमान्तकृत, थारु, अल्पसङ्ख्यकको अधिकार र अवसर संस्थागत गरेको जनाउँदै प्रदेश प्रमुख परियारले राष्ट्रिय एकता सुदृढीकरणका लागि संविधानको प्रभावकारी कार्यान्वयनमा सबैलाई ऐक्यबद्ध भएर लाग्न अपिल गरेका छन्।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ९ : १२ बजे

बागलुङका घरबास स्तरोन्नति गर्न अनुदान

गलकोट– दिगो पर्यटन प्रवर्द्धन परियोजनाले  निसीखोला र ढोरपाटनमा १८ घरबास

दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक

सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति, ‘सरकार निरंकुश बनेको’ आरोप

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले देशका विभिन्न

शिशुवा-खुदीखोला सडक स्तरोन्नति

गण्डकी– पोखरा महानगरपालिका–३० शिशुवादेखि खुदीखोलासम्म ४.१४ किलोमिटर सडक विस्तारसँगै स्तरोन्नति

चलचित्र महोत्सवमार्फत ‘गन्तव्य कर्णाली’ अभियान थालनी

कर्णाली–  ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र