‘संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’ « Khabarhub

‘संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । 

उनले संविधान दिवस-२०७९ का अवसरमा आज जारी  गरेको शुभकामना सन्देशमा आजको यो ऐतिहासिक दिनले हामी सबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने अपेक्षासमेत गरेका छन् । मुख्यमन्त्री राईले शुभकामना सन्देशमा नेपालको संविधानमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रका महत्वपूर्ण अङ्गहरूको व्यवस्था हुनुले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको उल्लेख गरेका छन् ।

उनले नेपालको संविधान-२०७२ जारी भएपश्चात् दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएर यतिखेर हामी दोस्रो कार्यकालको निर्वाचनको संघारमा छौँ भन्दै लोकतन्त्रको प्राणवायु मानिने निर्वाचन आवधिकरूपमा सम्पन्न भएर लोकतन्त्र थप मजबुत हुन पुगेको उल्लेख गरेका छन् ।

संविधानले साझा शासन र स्वशासनको उचित तालमेल मिलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको स्थापना गर्ने परिकल्पना गरेको भन्दै उनले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको विकल्पमा विकेन्द्रीकृतसंघात्मक शासन प्रणालीको व्यवस्था गर्नु यो संविधानको महत्वपूर्ण उपलब्धि रहेको सन्देशमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : १६ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका