'संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ' | Khabarhub Khabarhub

‘संविधानले बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ’


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन् । 

उनले संविधान दिवस-२०७९ का अवसरमा आज जारी  गरेको शुभकामना सन्देशमा आजको यो ऐतिहासिक दिनले हामी सबैलाई एकताबद्ध भई अगाडि बढ्न प्रेरित गर्ने अपेक्षासमेत गरेका छन् । मुख्यमन्त्री राईले शुभकामना सन्देशमा नेपालको संविधानमा नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य जस्ता लोकतन्त्रका महत्वपूर्ण अङ्गहरूको व्यवस्था हुनुले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको उल्लेख गरेका छन् ।

उनले नेपालको संविधान-२०७२ जारी भएपश्चात् दोस्रो स्थानीय तहको निर्वाचन सम्पन्न भएर यतिखेर हामी दोस्रो कार्यकालको निर्वाचनको संघारमा छौँ भन्दै लोकतन्त्रको प्राणवायु मानिने निर्वाचन आवधिकरूपमा सम्पन्न भएर लोकतन्त्र थप मजबुत हुन पुगेको उल्लेख गरेका छन् ।

संविधानले साझा शासन र स्वशासनको उचित तालमेल मिलाई सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित संघीय शासन प्रणालीको स्थापना गर्ने परिकल्पना गरेको भन्दै उनले केन्द्रीकृत र एकात्मक शासन व्यवस्थाको विकल्पमा विकेन्द्रीकृतसंघात्मक शासन प्रणालीको व्यवस्था गर्नु यो संविधानको महत्वपूर्ण उपलब्धि रहेको सन्देशमा उल्लेख गरेका छन् । 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  २ : १६ बजे

पद्मश्री साहित्य पुरस्कारका लागि १५ पुस्तकको विस्तृत सूची सार्वजनिक

काठमाडौं– नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार– २०८१’ का

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १०

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध रौनकले पनि बनाए अर्धशतक, ३० ओभरमा बन्यो २६८ रन

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

प्रधानमन्त्रीबाट राष्ट्रिय धान दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको

पाखाबारीमा केराखेती, वार्षिक १५ लाखसम्म आम्दानी

म्याग्दी- बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री