नेम्वाङको टिप्पणी : एकलौटी ढङ्गले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ « Khabarhub

नेम्वाङको टिप्पणी : एकलौटी ढङ्गले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले महाअभियोग छानबिनको प्रतिवेदनलाई ’कथित प्रतिवेदन’ को संज्ञा दिएका छन्।

सोमबार सिंहदरबारमा नेम्वाङले कसैसँग छलफल नगरी एकलौटी ढङ्गले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ भएको टिप्पणी गरेका हुन्।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगका क्रममा समितिका सबै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए ।

नेम्वाङले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएका कारण प्रतिवेदन संदनमा पेश हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे। पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद भएको उनको भनाइ छ । उनले गिरफ्तार गरे सरह सरकारले जबरालाई निवासमा राख्नु कानूनी मूल्यमान्यता विपरीत रहेको पनि बताए।

त्यस्तै नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसद्को अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ३ : ०७ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।

व्यापारिक साझेदारलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी : दबाबमा इरान ?

वासिङ्टन – इरानविरुद्ध द्रुत विजय हासिल गर्ने दाबी गरेको झन्डै

वर्षाका कारण देशका विभिन्न सडक अवरुद्ध

 काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका