साढे ४ बजेसम्म क-कसले बुझाए प्रदेशसभा उम्मेदवारको बन्दसूची ?  « Khabarhub

साढे ४ बजेसम्म क-कसले बुझाए प्रदेशसभा उम्मेदवारको बन्दसूची ? 


३ आश्विन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राजनीतिक दलहरुले आसन्न निर्वाचनको समानुपातिकतर्फका  उम्मेदवारको बन्दसूची बुझाइरहेका छन् ।

आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ ।

सोमबार अपराह्न साढे ४ बजेससम्म प्रदेश १ का लागि किराँत खुम्बुवान साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र खुम्बुवान राष्ट्रिय मोर्चा नेपालले बन्दसूची बुझाएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार मधेस प्रदेशका लागि तराई मधेस लोकतान्त्रिक पार्टी र बहुजन एकता पार्टी नेपाल, बागमती प्रदेशका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय नागरिक पार्टी, ताम्सालिङ लोकतान्त्रिक पार्टीले समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाएको आयोगले जानकारी दिएको छ ।

यसैगरी गण्डकी प्रदेशका लागि राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनमुक्ति पार्टी र लुम्बिनी प्रदेशका लागि राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारको बन्दसूची बुझाएको छ ।

यसैगरी सोमबार अपराह्न साढे ४ बजेसम्म प्रदेशसभामा बन्दसूची बुझाउने दलहरूमा कर्णालीका लागि राष्ट्रिय जनमोर्चा र सुदूरपश्चिमका लागि राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका आयोगले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ५ : २६ बजे

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु

बाजुरामा पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो

बाजुरा- गौमुल गाउँपालिका–३ कटीगाउँमा पहिरोले दुई घर पूर्ण रूपमा क्षति पुर्‍याएपछि

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

एघार महिनामा पाकेको गहुँ साइत जुराएर काट्छन् चुमभ्यालीका किसान

गोरखा– एघार महिनामा फलेको गहुँ भित्र्याउन चुमभ्यालीका किसानलाई यतिबेला भ्याइनभ्याइ

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, के-के छन् एजेण्डा ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ।