लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास « Khabarhub

लमजुङको दुराडाँडा-बाख्रेजगत जोडने सडक कालोपत्रे गर्न शिलान्यास


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – संघीय शहरी विकास मन्त्री मेटमणी चौधरीले लमजुङको दुराडाँडामा सत्रसय(अर्चल्यानी-दुराडाँडा–तुर्लुङकोट–पुरानकोट)बाख्रेजगत सडक स्तरोन्नति (कालोपत्रे) गर्न शिलान्यास गरेका छन् ।

संघीय आयोजना कार्यान्वयन इकाई कास्कीका अनु्सार सुन्दरबजार नगरपालिका र वेसीशहरका केही वडा छुने उक्त सडकको लम्बाई डिपिआर अनुसार १५.२ किलोमिटर रहेको छ।

डिपिआर अनुसार कूल ५१ करोड ९५ लाख ९३ हजार रुपैयाँ लागत लाग्ने छ । सडक खण्डले २ हजार घरका ९ हजार ५८७ जनसंख्यालाई प्रत्यक्ष लाभ पुग्‍ने बताइएको छ ।

शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग, संघीय आयोजना कार्यान्वय इकाई कास्कीको आयोजनामा भएको उक्त कार्यक्रमको सुन्दरबजार नगरपालिकाको समन्वय रहेको छ ।

शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सडक स्तरोन्‍नतिको काम अबको एक महिनाभित्रै टेण्डर आह्वान गरी डेढ महिनाभित्र सुरु हुने बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १० : १० बजे

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय

८ जना एआईजीको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रहरीका आठ जना अतिरिक्त प्रहरी महानिरीक्षक

कर्णाली दुर्घटना अपडेट : ६ गोताखोरको टोलीले खोज्दा पनि भेटिएन् गाडी

कर्णाली – कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भइ कर्णाली नदीमा

कान्ति लोकपथ राति अस्थायी रूपमा बन्द

ललितपुर – वर्षायामसँगै मनसुन सक्रिय भई विपद्को जोखिम बढ्दै गएपछि