महोत्तरीमा लागूपदार्थसहित दुई जना पक्राउ | Khabarhub Khabarhub

महोत्तरीमा लागूपदार्थसहित दुई जना पक्राउ


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– प्रतिबन्धित लागूऔषधसहित महोत्तरीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं जडीबुटी बस्ने २२ वर्षीय रवीन्द्र श्रेष्ठ र काठमाडौंकै बुढानीलकण्ठ बस्ने २७ वर्षे सनत सिवाकोटी हुन् ।

सोमवार राति बर्दिबासस्थित इलाका प्रहरी कार्यालय गौरिडाडाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा उनीहरू सवार बागमती प्रदेशको २७५५ नम्बरको मोटरसाइकलमा राखिएको लागूपदार्थ फेला परेको इलाका प्रहरी कार्यालय गौरिडाडाले जनाएको छ ।

मोटरसाइकलको सिटको बिच भागमा कालो रङको झोला भित्र रातो रङको प्लास्टिकमा नाइट्रोभेट– १० लेखिएको २५ पत्ता, एक पत्तामा ३० चक्कीको दरले जम्मा ७५० चक्की र अल्कोहल स्वाब टोरुण्डा दि अल्कोहल ट्याम्पिन डि अल्कोहल लेखिएको ९४ पुरिया सहित फेला पारिएको इलाका प्रहरी कार्यालय गौरिडाडाका प्रमुख रवि रावलले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत महोत्तरीबाट दिन १० दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ८ : ३५ बजे

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले क्यासिनोसहित यस्ता प्रकृतिका संस्थाले अनुमति (इजाजत)

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शान्ति पुनस्थापना केन्द्रद्वारा ३९९ जनाको उद्धार

बाँके– मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्थापना गृह

दुई दिन स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार बस्दै

काठमाडौं – दुई दिन स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समिति

बागलुङमा ५३२ जनामा डेङ्गी संक्रमण

बागलुङ– बागलुङमा पछिल्लो समय तीव्र गतिमा डेङ्गी सङ्क्रमण बढ्दै गएको