बेलायतमा छानियो भाउ « Khabarhub

बेलायतमा छानियो भाउ


५ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सर्ट फिल्म ‘भाउ (कस्ट अफ लिभिङ)’बेलायतको ‘फस्ट टाइम फिल्म मेकर सेशन्स एट पाइनउड स्टुडियोज’को छनोटमा परेको छ।

यो स्टुडियो फिल्ममा करियर बनाउन चाहने जो कोहीको लागि लन्चप्याड सिर्जना गरी खोलिएको लिफ्ट अफ ग्लोबल नेटवर्कको सदस्यहरूको साइट हो।

लामो समयदेखि फिल्म तथा टेलिफिल्ममा अभिनय गरेका कलाकार सुवासप्रसाद गजुरेलले यस फिल्ममा मुख्य कलाकारको रुपमा भूमिका निर्वाह गरेका छन्। फिल्ममा सुजिता शाह, रेनुका कार्की र सुमन थापाको पनि अभिनय छ।

काठमाडौं र भक्तपुरमा छायांकन भएको फिल्मको लेखन तथा निर्देशन रंगकर्मी तथा सञ्चारकर्मीसमेत रहेका मोहन अभिलाषीले गरेका हुन्। फिल्मको छायांकन नारायण जिसीले गरेका हुन् भने सहायक निर्देशन करण साउदले गरेका छन्।

कवाडीवालाको कथा रहेको फिल्ममा मानिसको जीवनको मूल्य र मानिसको जीवन यापनको लागि हुने लागतलाई दर्शाउन खोजिएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ११ : ०७ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल