भारतद्वारा वेष्ट इन्डिजलाई २६९ रनको लक्ष्य « Khabarhub

भारतद्वारा वेष्ट इन्डिजलाई २६९ रनको लक्ष्य


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इङ्ग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेट अन्तरगतको जारी खेलमा भारतले क्यारेबियन टोली वेष्ट इन्डिजललाई २ सय ६९ रनको लक्ष्य दिएको छ ।

म्यान्चेस्टरस्थित ओल्ड ट्रार्फोडमा भएको खेलमा भारले निर्धारित पूरा खेल खेल्दै ७ विकेट गुमाएर २ सय ६८ रन बनायो । वेष्ट इन्डिजका बलरहरुले उत्कृष्ट बलिङ गर्दा भारतले २ सय ६८ रन मात्रै बनाउन सकेको हो ।

भारतका लागि २ सय ६८ रन बनाउँदा कप्तान विराट कोहलीले ७२ रन बनाए । उनले ८२ बलमा ८ चौकाको मद्दतमा ७२ रन बनाएका हुन् । यस्तै, महेन्द्रसिंह धोनीले ५६ रन बनाउँदै अर्धशतक पूरा गरे । उनले अन्तिम ओभरमा १ छक्का र २ चौका प्रहार गर्दै भारतको योगफल बढाउन मद्दत गरे । केएल राहुलले ४८ रन, हार्दिक पाण्ड्याले ४६ रन बनाए ।

७२ रन बनाएका कप्तान कोहलीले एकदिवसीय खेलमा छोटो समयमा २० हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनले ३ सय ७६ खेलमा २० हजार रन पूरा गर्दै भारतीय क्रिकेटर सचिन तेन्डुलकारको किर्तिमान तोडेका हुन् ।

भारतविरुद्ध वेष्ट इन्डिजका खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरे । जसमा केमर रोचले ३ विकेट लिए भने कप्तान जसन होल्डर र सेल्डोन कोट्रेले समान २–२ विकेट लिए । फिल्डिङमा पनि वेष्ट इन्डिजका खेलाडीहरुले भारतविरुद्ध उत्कृष्ट खेलेका थिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : २० बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर