‘बालुवा निकाल्ने, ढल खसाल्ने गर्दा र्‍याफ्टिङ संकटमा’ | Khabarhub Khabarhub

‘बालुवा निकाल्ने, ढल खसाल्ने गर्दा र्‍याफ्टिङ संकटमा’



म विभिन्न जिम्मेवारीमा रहँदै सन् १९७९ देखि नै नेपालको र्‍याफ्टिङ क्षेत्रमा लागिराखेको छु। त्यो समयमा नेपालको र्‍याफ्टिङ एसिया क्षेत्रकै टप थियो। इन्डिया, भुटान लगायतका सार्क देशमा यो कतै पनि थिएन। नेपालमा मात्र थियो। इन्डियामा र्‍याफ्टिङ गर्नु पर्यो भने हामीले यहाँबाट गाइड बोर्टहरु सबै लानु पर्दथ्यो। पहिला आर्मीले मात्र तालिमको लागि र्‍याफ्टिङ गर्दर्थे। त्यसको लागि हामीले यहाँबाट सबै ठेक्कामा पठाएर उनीहरूले र्‍याफ्टिङ सुरु गरे। तर, आज उनीहरूको र्‍याफ्टिङ धेरै राम्रो छ। उनीहरूले आफैं र्‍याफ्टिङ उत्पादन सुरु गरिसके तर, हामी पछाडि नै छौँ।

एउटा हाम्रो वातावरण बिग्रियो किनभने पहिलाको जस्तो जुनसुकै ठाउँमा र्‍याफ्टिङ गर्न सकिँदैन। सुनकोसी नदीमा १० दिनको र्‍याफ्टिङ गर्थ्र्यौ। हामी दोलालघाटबाट छिरिसकेपछि चराको आवाजबाहेक केही सुनिँदैन थियो। अहिले राजमार्ग बन्नेक्रम तीव्र छ। राजमार्ग बनाउनकै लागि बालुवा निकाल्दा हाम्रो बाटो पनि बिग्रियो। विकासको नाममा प्राकृतिक क्षेत्रको दोहन बढी नै भयो। यसले हाम्रो बाटो बिग्रियो। विकास निर्माण गर्नु अघि हामीसँग कसैले समन्वय नगर्दा यो समस्या भएको हो। अझै पनि हामी यो कुरा सुधार्न सक्छौँ त्यसको लागि गाउँपालिका सरकारसँग समन्वय गर्नु पर्दछ।

विकासमा कसैले अवरोध गर्नु हुँदैन। ऊर्जा क्षेत्रको विकासका लागि ड्याम बनाउनै पर्छ। तर, एउटा विकासले अरु सम्भावनालाई अवरोध गर्नु हुँदैन। कुन ठाउँमा बनाउने भनेर समन्वय हुनुपर्छ। जस्तो अहिले हाम्रो कुरिनटारमा चुम्टिार बन्दै छ। त्यहाँ हामीले मुग्लिन भन्दा मुनि ड्याम बनाउँदा हुन्छ वा केबुलकार भन्दा मुनि अथवा गजुरी भन्दामाथि जतिमा ड्याम बनाए पनि भयो। हामीलाई बैरेनीदेखि केबुलकार सम्मको ठाउँ छोडिदयो भने यो विदेशी स्वदेशी सबैलाई हुन्छ।

पहिला हामी एक जनाको १५० देखि १७५ डलरसम्म लिएर र्‍याफ्टिङ गराउथ्यौँ। अमिता बचर र रेखाको एउटा मुभी सुटिङ भएपछि यो सुरु भयो। नेपालमा सुरु गर्दा वर्षमा एक पटक लगेर गरौँ भनेर सुरु गरेका हौं। विदेशीलाई र्‍याफ्टिङ गराएन भने विदेशी मुद्रा पनि धेरै आएन। सरकारलाई कर पनि धेरै गएन। नेपालीलाई मात्र चलाएर धेरै हुँदैन। त्यस कारण विदेशी पर्यटक धेरै आवश्यक छ। यो कुन ठाउँमा बालुवा निकाल्ने कुन ठाउँमा ढल खसाल्ने भनेर समन्वय गरेर सफा राख्यो भने राम्रो हुन्छ। नदीको स्वरूप नबिगारेमा यो क्षेत्रमा सम्भावना धेरै छन्।

हिमालयन उद्धार सङ्घ नाफाका लागि भन्दा सेवाका लागि स्थापना भएको संस्था हो। हामीले एभरेष्ट र मनाङमा हेल्थपोष्ट राखेका छौँ। त्यहाँ स्प्रिङ र ट्रेकिङ सिजनमा सेवा दिन्छौँ। सबै पर्यटन गाइड र त्यहाँका स्थानीयलाई सेवा दिएका छौं।

यो हामीले कोभिडको बेलामा पनि नेपाली चिकित्सकलाई लगेर सेवा गरेका छौं। नेपालीसँग ५० रुपैयाँ लिएर र हामीले पर्यटकसँग बढी रकम लिएर लिएर सुविधा दिएका छौँ। त्यसको लागि नेपाल सरकार र संघ संस्थाको सहयोग पाइ नै राखेका छौं। त्यो निरन्तर चलिरहोस्। (खबरहबले आयोजना गरेको पर्यटनसँग सम्बन्धित कार्यक्रममा हिमालयन उद्धार संघका उपाध्यक्ष कुमार रानाभाटले राखेको धारणाको सम्पादित अंश) प्रस्तुतिः पुष्पाञ्जली बस्नेत

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : २० बजे

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी

मुस्ताङमा सार्वजनिक जग्गामा स्याउका बिरुवा रोप्न रोक

मुस्ताङ – मुस्ताङको घरपझोङ–२ मार्फा राज खोलास्थित सार्वजनिक जग्गामा स्याउका