वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना हटाइयो « Khabarhub

वीर अस्पताल अगाडि रहेका अनधिकृत संरचना हटाइयो


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि रहेको अनधिकृत संरचना हटाएको छ । 

बिहीबार डोजर लगाएर महानगरले अस्पताल अगाडि फार्मेसी रहेका टहराहरुलाई हटाएको हो । डोजर चलाउनु अघि सो क्षेत्रमा रहेका टहराहरू हटाउन सूचना जारी गरेको महानगरले जनाएको छ ।

अस्पताल प्रशासनले औषधी पसल हटाउन जानकारी गराएको र महानगरले समेत सूचना जारी गर्दा पनि पसलहरू सञ्चालनमा रहेपछि डोजर लगाएर संरचना नै भत्काउनु परेको काठमाडौं महानगरका प्रहरी प्रमुख राजु पाण्डले जानकारी दिए ।

वीर अस्पतालले बनाएको नयाँ भवनका बाहिरी भागमा बगैंचा राख्ने अनुमति लिएर नक्सा पास गरेकाले संरचना हटाइएको उनले बताए

महानगरले संरचना हटाउन सुरु गरेपछि व्यापारीहरूले सामानहरू निकालेका थिए । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ३ : ५० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार