कर्मचारीको मानसिक स्फूर्तिका लागि कम्पनीले दियो ११ दिन बिदा « Khabarhub

कर्मचारीको मानसिक स्फूर्तिका लागि कम्पनीले दियो ११ दिन बिदा


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्ना कर्मचारीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनको लागि ई–कमर्स प्लेटफर्म मिसोले लगातार दोस्रो वर्ष ११ दिने कम्पनीव्यापी ‘रिसेट एन्ड रिचार्ज ब्रेक’ घोषणा गरेको छ ।

कर्मचारीहरूलाई कामबाट पूर्ण रूपमा आराम दिन र उनीहरूको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिन लामो बिदा दिइएइको कम्पनीले वेबसाइटमा जानकारी दिएको छ ।

कामको जीवन सन्तुलन राम्रो मानसिक स्वास्थ्यको लागि सर्वोपरि भएको कम्पनीका संस्थापक सञ्जीव बर्नवालले ट्वीट गरेका छन् । ‘आगामी चाडपर्वको सिजन र कामको जीवन सन्तुलनको महत्वलाई ध्यानमा राख्दै हामीले लगातार दोस्रो वर्षको लागि ११ दिने कम्पनी–व्यापी ब्रेकको घोषणा गरेका छौं’, बर्नवालले भनेका छन् ।

मिसोले कार्यलयका कर्मचारीलाई यसअघि पनि विभिन्न अवसरमा लामो बिदा दिने घोषणा गरेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ४ : ३९ बजे

१३ स्थानीय तहले अझै ल्याएनन् बजेट

काठमाडौँ– १३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष (आव) को

वैदेशिक रोजगार बिमामा सुधार: घरदैलोमै पुगेर दाबी भुक्तानी गरिने

काठमाडौँ – सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको बिमा व्यवस्थापनलाई थप

कर्णालीको विकास प्राथमिकता बुझ्न मन्त्री लम्साल स्थलगत अनुगमनमा

कर्णाली– पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कर्णाली प्रदेशको सडक सञ्जाल एवं

क्यानाडामाथि ट्रम्पको कडा कदम, ५० प्रतिशत कर थप्ने घोषणा

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली वस्तुमा ५० प्रतिशतसम्म

अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो

जनकपुरधाम– डिभिजन वन कार्यालय लहान सिरहाले जिल्लाको विभिन्न वन क्षेत्रमा