'हिमालयन आर्ट फेस्टिभल' सञ्चालन हुने | Khabarhub Khabarhub

‘हिमालयन आर्ट फेस्टिभल’ सञ्चालन हुने


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालकै सबैभन्दा स्तरीय र वृहत कला प्रदर्शनी हुने भएको छ । असोज १० गतेदेखि १४ गतेसम्म नेपाल आर्ट काउन्सिलमा उक्त प्रदर्शनी हुने भएकाे हाे । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्त प्रदर्शनी इ-आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररूपमा हरेक वर्ष नेपालीहरूको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ । इ-आर्टस् नेपालका सह-संस्थापक आशा डङ्गोलले भने ‘दशैँमा धेरै मेलाहरुको आयोजना भइरहेको हुन्छ । दशैँका लागि पहिले पहिले लुगाहरू किन्ने गर्दथे भने घरको सजावटको लागि चित्रकलाहरू पनि किन किन्नुहुन्न होला र भन्ने सोचका साथ सन् २०१७ देखि नै यो फेस्टिभलको आयोजना गर्दै आइरहेकाछाैँ ।’

नेपाली कलाकृति नेपालीहरूकै घरमा सजिउन् भन्ने उद्देश्यले उक्त प्रदर्शनी हुन लागेको डंगोलले बताए । आकर्षक मूल्यमा मध्यम वर्गीय परिवारलाई लक्षित गरी उक्त कलको प्रर्दशनी गर्न लागिएको जनाइएको छ । करिब १५० भन्दा बढी कलाकारहरूले आपनाे कला प्रदर्शनीमा राखेका छन् । नेपाली कलाकारहरूको कलाको स्तर मापनको लागि समेत उक्त प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।

प्रदर्शनीमा नेपालका कलाक्षेत्र कुन ठाउँमा छ भनेर बुझ्न समेत उक्त प्रदर्शनीले मदत गर्ने जनाइएको छ । योसँगै कलाको विकासलाई हेर्ने आधार समेत यसले तय गर्ने विश्वास लिइएको छ । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिहरुबाट शुरु गरिएको उक्त फेस्टिभलमा जम्मा ५० जना कलाकारहरूले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरूको विभिन्न संस्थाहरूसँग कुराकानी गरेर उनीहरूको सपोर्ट लिँदै थप कलाकारहरू थप्दै गएको कलाकार डंगोलले बताए । 

अहिले हुने प्रदर्शनीमा कलाका विभिन्न विधालाई समेटिएको छ । नेपाली बरिष्ठ कलाकारहरू देखि वर्तमानका पुस्ताका कलाकारहरूको कामलाई प्रदर्शनीमा राखिएको छ । कलाकारहरूः शशि शाह, किरण मानन्धर, शशिकला तिवारी, हरि प्रसाद शर्मा, कृष्ण मानन्धर, राजन काफ्ले, भुवन थापा, आशा डंगोल, एरिना ताम्राकार, भाइराज मर्हजन, प्रमिला बज्राचार्य, जुपिटर प्रधान, विधाता के.सी, सागर मानन्धर, उजय बज्राचार्य, सविता डंगोल, इशान परियार, जगदिश मोक्तान, पुजा दुवाल, नविना सुनुवार लगायत करिब १५० जना कलाकारहरूको सहभागिता रहने छ ।

प्रदर्शनीमा एक जना वरिष्ठ कलाकारलाई एउटा छुट्टै स्थान बनाएर उनको कलाकृतिलाई त्यहाँ राखिने कार्यक्रम समेत सन् २०१९ देखि गर्दै आइरहेको इ-आर्ट्स नेपालका अध्यक्ष सुजन श्रेष्ठले बताएका छन् । यस पाली भने उक्त स्थानमा कलाकार हरिप्रसाद शर्माका कृतिलाई प्रदर्शनीमा राखिने बताइएको छ ।

कार्यक्रमको उद्घाटन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटि भोल्कले गर्ने जनाइएको छ  । 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ५ : ४२ बजे

उपनिर्वाचनबारे रास्वपा– ‘जनताले सांकेतिक घण्टी बजाएर सचेत गराए’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम–२ को उपनिर्वाचनको परिणामबारे आफ्नो

इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप

काठमाडौं– अमेरिकाले इजरायली सेनाको पाँच युनिटमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएको

एकीकृत समाजवादी महाधिवेशनको तयारी तीव्र 

काठमाडौं– नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) ले महाधिवेशनको तयारीलाई तीव्र

कर्णाली सरकारले आजै पूर्णता पाउँछ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता

बढ्दै गर्मीको ग्राफ : अफ्रिकामा सहनै कठिन, एसियामा मनसुनको प्रतीक्षा

संसारमा आम स्थानमा अत्यधिक गर्मी भइरहेको समयमा भू–मध्य सागरीय क्षेत्र