‘डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन’ « Khabarhub

‘डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सञ्चालन’


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले डेङ्गु रोग नियन्त्रण गर्न देशभर ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिएको बताएका छन् । डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयअन्तर्गत महाशाखा प्रमुखको नेतृत्वमा स्थानीय तहसँगको समन्वयमा वडासम्म नै उक्त अभियान सञ्चालन गरिएको उनले स्पष्ट पारे।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खापुङले भने, ‘सबैभन्दा धेरै जनतासँग जोडिने स्थानीय तहको पनि वडामा जनप्रतिनिधिको नेतृत्वमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सकेमा अझ बढी प्रभावकारी हुने हाम्रो बुझाइ छ । सोहीअनुसार नियन्त्रणका लागि अगाडि बढेका छौँ ।’

प्रत्येक शनिबारको बिहान उक्त अभियान सञ्चालन गर्न आमनागरिकलाई पनि आह्वान गर्दै आएको उनले सुनाए। ‘आफ्नो घर, छर-छिमेक, गमला, खाल्डाखुल्डी, पानी जमेका ठाउँ खोजेर नष्ट गर्ने अभियानमा सहभागिता जनाउन मन्त्रालयबाट सम्पूर्णलाई आह्वान गरिएको छ’, उनले भने ।

डेङ्गु नियन्त्रणका लागि विद्यालय, होटल एशोसिएसनसँग छलफल गरेर अभियान सञ्चालन गर्नेबारे छलफल भइरहेको उनको भनाइ छ । डेङ्गुका बिरामीलाई उपचार गर्न सबै अस्पताल ‘अपडेट’ गराएको उनले जानकारी दिए । सिटामोल अभावबारे औषधि उत्पादकसँग पटकपटक छलफल गरिएको र बजारमा औषधि अभाव हुन नदिन समझदारी निर्णय भएको उनले स्पष्ट पारे । डेङ्गु रोग नियन्त्रणका लागि जनचेतना अभियान सञ्चालन भएका छन ।  

डेङ्गुले बिहान र बेलुका बढी टोक्ने भएकाले विशेष गरि दिउँसो शरीर ढाक्ने लुगा लगाउन आग्रह गर्दै उनले भने, ‘लामखुट्टे नियन्त्रण गर्नु यसको सबैभन्दा पहिलो उपाय हो । घर बाहिर निस्कँदा, यताउता हिँड्दा पूरै जीउ ढाक्ने लुगा लगाउनुपर्छ, सकेसम्म आफैँ सचेत हुनुपर्छ ।’ 

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ६ : ४१ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र

कालीगण्डकी करिडोर सञ्चालन

गुल्मी – वर्षाका कारण अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा आएको छ

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले