राष्ट्रपतिद्वारा प्रधानसम्पादक पाठकसहित पत्रकारलाई प्रेस काउन्सिल पुरस्कार प्रदान | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा प्रधानसम्पादक पाठकसहित पत्रकारलाई प्रेस काउन्सिल पुरस्कार प्रदान


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेस काउन्सिल नेपालले यस वर्ष घोषणा गरेका विभिन्न पुरस्कार आज शीतल निवासमा आयोजित एक समारोहमा प्रदान गरेकी छन् ।  सो समारोहमा यस वर्षको ‘प्रेस काउन्सिल गोपालदास बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार हरिबहादुर थापा र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ अर्का वरिष्ठ पत्रकार माधव विद्रोहीलाई प्रदान गरियो । थापा इकागज डटकमका सम्पादक तथा विद्रोही राष्ट्रिय समाचार समितिका पूर्वबोर्ड सदस्य हुन् । 

त्यसैगरी यस वर्षको ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ राष्ट्रिय समाचार समितिका प्रधानसम्पादक एकराज पाठकलाई प्रदान गरिएको छ । उनीसँगै पत्रकारहरू दामोदरप्रसाद दवाडी, विमल योगी, मनोज जोशी, पुस्कर बुढाथोकी, भूपराज खड्का, कृष्ण केसी, निशा ओली, श्यामनाथ कुँवर र सुरेश धामीलाई सो पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी राससकर्मी सञ्चिता घिमिरेलाई प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार र अर्का राससकर्मी रवीन्द्र काफ्लेलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

सो समारोहमा ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ टेकराज थामी र ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ मायामितु न्यौपाने, ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ केशरराज क्षेत्री, दशरथ घिमिरे, प्रदीप परियार, महेश केसी, डिबी बुढा, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, राजेन्द्र धामी, हिमाकुमारी चेम्जोङ र मकर श्रेष्ठलाई प्रदान गरिएको छ । 

त्यसैगरी प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार रमा केसी, शारदा गैरे र सरिता ज्ञवालीलाई प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार हेमबहादुर राना, अजय गोर्खाली र प्रवीणकुमार शर्मालाई प्रदान गरिएको छ । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार जीवनकुमार पराजुली, आनन्द श्रेष्ठ र विजयरत्न तुलाधरले पाएका छन् । 

त्यसैगरी यस वर्ष ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ काठमाडौँबाट प्रकाशित हुने अन्नपूर्ण पोष्ट दैनिक र पर्साको आवाज एफएमलाई प्रदान गरिएको छ । सो पुरस्कार वितरण समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  ७ : ५३ बजे

मधेसका मुख्य मन्त्रीले भने : तीनै तहका सरकारबीच समन्वयविना विकास सम्भव छैन

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले तीनै तहका सरकारबीच

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तको स्वात जिल्लामा आएको

प्रविधि र नवप्रर्वतन क्षेत्रमा सहकार्य गर्न अध्यक्ष ढकालको आग्रह

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा

धरानको सर्वदलीय टोलीले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइराला स्वास्थ्य विज्ञान

एसइईमा ग्रेड प्राप्त विद्यार्थीहरूलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एसइईमा ग्रेड प्राप्त गरेका