रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग « Khabarhub

रुसलाई कारबाही गर्न युक्रेनी राष्ट्रपतिको माग


६ आश्विन २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले रुसलाई कारबाही गर्न माग गरेका छन्। संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्ने क्रममा उहाँले रुसले युद्ध अपराध गरेकाले रुसलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् ।

रुसले युक्रेनमा आक्रमण गरेकाले हजारौँ मानिसको मृत्यु भएको र लाखौँ विस्थापित भएको उनले जानकारी दिए ।‘रुसले युक्रेन र युक्रेनी जनता विरुद्ध निरन्तर अपराध गरिरहेको छ, आक्रमण गरिरहेको छ, त्यसैले रुसलाई कारबाही हुनुपर्दछ,’ उनले भने ।

यस क्षेत्रको शान्ति सुरक्षाका लागि पनि रुसलाई कारबाही गरेर आफ्नो ठाउँमा बस्न लगाउनु पर्ने उनको भनाइ छ ।रुसलाई कारबाही गरेमा रुसले आक्रमण गरेका कारणले मृत्यु भएका हजारौँ मानिसको आत्माले शान्ति पाउने उनले तर्क गरे ।

रुसले आफ्नो देशमा आंशिकरुपमा सेना परिचालन गरेको घोषणा गरेकै बेला युक्रेनका राष्ट्रपतिले विश्व नेतालाई सम्बोधन गर्दै रुसलाई कारबाही गर्न माग गर्नु भएको हो ।

रुसले युक्रेनमा गत फेब्रअरीदेखि आक्रमण गरिरहेकाले रुसले देशभित्रको सुरक्षाकर्मीको सङ्ख्यामा पनि वृद्धि गरेको छ । अमेरिकाको न्युयोर्कमा सुरु भएको महासभामा विभिन्न देशका शीर्ष नेताले बोल्ने क्रम चलिरहेको छ । महासभा यही सेप्टेम्बर २७ सम्म चल्ने भएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहीबार  १० : ४७ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी