गीतकार सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट सम्मानित « Khabarhub

गीतकार सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट सम्मानित


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गीतकार प्रकाश सुवेदी आठौँ राष्ट्रिय राप्ती म्युजिक अवार्डबाट पुरस्कृत भएका छन्। उनलाई उत्कृष्ट सन्देशमूलक गीतकार विधामा ‘सीप सिकौँ, दक्ष बनौँ’ गीतका लागि पुरस्कृत गरिएको हो।

उक्त गीत दुई वर्ष अघि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार बोर्डको सहयोगमा नेपाली युवा–युवतीलाई स्वदेश तथा विदेश जहाँ रहे पनि सीप सिकेर मात्र आत्मनिर्भर बनी काम गर्नुपर्छ भन्ने चेतना जगाउन तयार पारिएको थियो। हरि लम्सालको सङ्गीत तथा स्वरका साथै उक्त गीतमा बहुचर्चित गायिका मेलिना राईसमेत साथ दिएका छन्।

सीपमूलक तालिम लिएर दक्षता हासिल गरेका व्यक्तिलाई आफ्नो भाग्य निर्माण गर्न र सुखी-समृद्ध जीवन बिताउन सहज हुन्छ, सीपयुक्त व्यक्तिले भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुपर्छ, कर्मशील व्यक्तिको भाग्य आफ्नै हात र पौरखमा हुन्छ, जो व्यक्ति काममा दक्ष छ संसारको जुनसुकै कुनामा पुगे पनि पनि स–सम्मान काम पाउँछ भन्ने सन्देश उक्त गीतमार्फत दिन खोजिएको छ।

निशान घिमिरेको निर्देशन-सम्पादन, निशाल पौडेलको छायाङ्कन र सुष्मा निरौला, घनश्याम जोशी, सचिन मल्ल, सञ्चारिका सुवेदी, सम्पदा सुवेदीलगायत कलाकारको अभिनय रहेको सो गीतिको श्रव्यदृश्यमा समाजको एउटा सङ्घर्षशील प्रतिनिधि पात्रले सुखी र समृद्ध जीवन निर्माणका लागि गरेका विभिन्न सङ्घर्षका चरणलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ।

जमलस्थित राष्ट्रिय नाचघरको हलमा सम्पन्न उक्त अवार्ड समारोहमा राष्ट्रिय भाव, सन्देशमूलक, पप, लोक, आधुनिक, चलचित्र गीत, अभिनय, छायाङ्कन, निर्देशन, सम्पादनसहित विभिन्न ५३ विधामा विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो। राप्ती समाजका अध्यक्ष सीमा पुरीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि सहरी विकासमन्त्री मेटमणी चौधरी रहेका थिए।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ८ : ३४ बजे

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा