क्यानाडाको हिन्दू मन्दिरमा तोडफोड, भारतद्वारा निन्दा « Khabarhub

क्यानाडाको हिन्दू मन्दिरमा तोडफोड, भारतद्वारा निन्दा


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– क्यानाडाको टोरन्टो सहरमा रहेको एक हिन्दू मन्दिरमा तोडफोड गरिएको छ । टोरन्टोमा रहेको स्वामीनारायण हिन्दू मन्दिरमा अज्ञात व्यक्तिहरुले तोडफोड गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय अनलाइन इकोनोमिक टाइम्सका अनुसार घटनामा संलग्नहरुले उक्त मन्दिरको पर्खालमा खलिस्तान पृथकतावाद समर्थित एवम् भारतविरोधी नारा लेखेका छन् ।

भारतले क्यानाडा सरकारसमक्ष हिन्दू मन्दिरमा भएको तोडफोड र भारतविरोधी एवम् खलिस्तान पृथकतावाद समर्थित नारा लेखिएकोबारे कडा विरोध गरेको छ ।

‘भारतविरोधी नारा लेखेर टोरन्टोमा रहेको स्वामीनारायण मन्दिर तोडफोड गर्ने कदमको हामी कडा निन्दा गर्दछौँ ।’ क्यानाडास्थित भारतीय दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘हामीले क्यानाडाका अधिकारी समक्ष घटनाबारे अनुसन्धान गरी घटनामा संलग्नहरुलाई तत्काल कारवाही गर्न आग्रह गरेका छौँ ।’

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा उक्त मन्दिरको पर्खालमा खलिस्तान समर्थित नारा लेखेको देख्न सकिन्छ । क्यानाडाका केही नेताहरुले घटनाप्रति दुःख व्यक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ४ : ४५ बजे

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि आज चीन

कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था

मुस्ताङ– लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई

इन्जुरी समयको गोलले जोगियो कतार, स्वीट्जरल्यान्डसँग ऐतिहासिक बराबरी

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा

भारतीय अवरोधले चिया उद्योग बन्द हुने अवस्थामा, पहल गरिदिन परराष्ट्रसँग आग्रह

इलाम– भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया