नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष | Khabarhub Khabarhub

नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटको ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । अन्य समयमा भन्दा चाडपर्वको समयमा आपराधिक घटना बढ्ने, यात्रु ठगिने, नागरिक अलपत्र पर्ने जस्ता गतिविधि हुने गरेको छ ।

त्यस्ता गतिविधि रोक्न  जिल्लाको मुख्य व्यापारिक क्षेत्र बट्टार, ढुङ्गे, तारुकाघाट, ककनी, छहरे र खरानीटारमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए ।

‘चाडपर्वको समयमा सार्वजनिक यातायातले तोकिएभन्दा बढी भाडा लिने गरेको, सामान हराएको, चोरीजस्ता गुनासो आइरहेको हुन्छ । यस्ता गतिविधिको बारेमा प्रहरीलाई जानकारी गराउँन सहज होस् भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको हो’, प्रहरी प्रमुख पण्डितले भने, ‘कुनै आपराधिक क्रियाकलाप, दुर्घटनाजस्ता गतिविधि भएमा यात्रु सहायता कक्षमार्फत तत्काल जानकारी लिएर प्रहरी परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

बट्टारमा स्थापना गरिएको यात्रु सहायता कक्षको स्थापना कार्यक्रममा विदुर नगरपालिकाका  प्रमुख राजन श्रेष्ठले जोखिममुक्त यातायात क्षेत्र बनाउनको लागि निरन्तररूपमा जिल्ला प्रशासन, प्रहरी, यातायात व्यवसायी, नागरिकलगायतलाई सहभागी गराई छलफल गर्दै आइरहेको बताए । 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ५ : ५३ बजे

मुस्ताङका चार पालिकामा घुम्ती गोठ निर्माण

मुस्ताङ – जिल्लाको थासाङ गाउँपालिकासहित चार स्थानीय तहका याकचौँरी तथा

एसईई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड

काठमाडौं- एसईई परीक्षा २०८१ को नतिजा सार्वजनिक हुँदा ६१ दशमलब

एसईई परीक्षाको नतिजा प्रकाशित

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा

बञ्चरोले हानेर भाइको हत्या आरोपमा दाइ पक्राउ

अर्घाखाँची– अर्घाखाँचीमा बञ्चरो प्रहार गरी सहोदर दाइले भाइको हत्या गरेका