कृषिमा सफलता खोज्दै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र « Khabarhub

कृषिमा सफलता खोज्दै बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बेलबारी– नेपाली हवाई उड्डयन क्षेत्रमा सफल परिचय बनाइसकेको व्यक्ति हुन् बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत । उनी  बुद्ध एयरको सञ्चालक रहेर नेपाली वायुसेवा क्षेत्रको प्रतिष्ठा उच्च बनाउन सफल छन् । तर अब उहाँ वायुसेवा क्षेत्र सँगसँगै नेपालको कृषि क्षेत्रमा पनि सफल बन्ने प्रयासमा हुन ।

सोह्र वटा निजी जहाजका मालिक बस्नेत हिजोआज कृषकसँगै खेतबारीमै भेटिन्छन् । मोरङको बेलबारी–९ मा बस्नेतले २०६९ सालमा नै ‘नेपाल कृषि कम्पनी स्थापना गरेका थिए । पछि २०७७ सालमा नाम परिवर्तन गरेर हाल नेपाल कृषि केयरमार्फत उनको कृषि फर्म सञ्चालनमा छ । 

फर्म क्षेत्रसँगै आरजु राइस मिल सञ्चालनमा आउने तयारीमा छ । अत्याधुनिक उपकरणयुक्त मिल स्थापनाका लागि झण्डै ५० करोड लगानी भइसकेको र उक्त धान मिल मङ्सिर महिनादेखि सञ्चालनमा आउने मिलका व्यवस्थापक विवेकानन्द झाले बताए । मिलले मोरङका विभिन्न ठाँउबाट कृषकले उत्पादन गरेको धानलाई कात्तिक महिनादेखि खरिद गर्न सुरु गर्ने झाले जानकारी दिए ।

मिलमा अहिले उपकरण जडानको कार्य अन्तिम चरणमा भइरहेको छ । मिलले कृषकसँग धान सिधै खरिद गर्नेछ । मिलले मोरङ र आसपास जिल्लाका २० हजार कृषकले उत्पादन गरेको धान खरिद गरी त्यसलाई स्वदेशी ब्रान्ड दिएर नेपाली बजारमा पठाउने लक्ष्य राखेको व्यवस्थापक झा बताए । उनका अनुसार मिलको कुल क्षमता २० हजार टन वार्षिक रहेकाले हिउँदे धानमा करिब चार हजार बिघा तथा चैते धानमा एक हजार दुई सय बिघाका किसानलाई सहभागी गराउने लक्ष्य छ ।

हाल उक्त फर्ममा दर्जनभन्दा धेरै प्रजातिका धान बाली परीक्षणका लागि लगाइएको छ । बङ्गलादेशबाट ल्याइएको विआरआरआई ७५, विआरआरआई ८५, रबी धान, बिना धान, पाकिस्तानबाट ल्याइएको सुपर बासमती, चिनाव, किसान बासमती तथा पञ्जाब बासमती, भारतबाट ल्याइएको पूषा बासमती १६९२, पूषा बासमती ७, मुच्छड बासमती, पिआर १२८, मराठी जीरा, पिआरआई १२६ र  नेपाली धानमा पहाडे बासमती, हर्दिनाथ हाइब्रिड १, बहुगुणी १ आदि उन्नत जातका लगाइएको व्यवस्थापक झाले जानकारी दिए ।

आरजु राइस मिलले धान भण्डारणमा पनि ठूलो लगानी गरेको छ । भण्डारण गर्ने ढवाङहरू साढे तीन हजार मेट्रिक टनका छन् । त्यहाँ सबैभन्दा ठूलो लगानी प्रविधिमा गरिएको छ । स्थानीयस्तरमा यति ठूलो लगानीमा राइस मिल खुलेकाले कृषक र स्थानीयवासी हर्षित रहेको बेलबारी–९ का वडाध्यक्ष शालिकराम बस्नेतले बताए । मिल खुलेसँगै कृषकले धानको उचित मूल्य पाउने भएपछि आफूलगायत सिङ्गो नगर हर्षित रहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ६ : १४ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित