निःशुल्क आँखा शिविर : मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान « Khabarhub

निःशुल्क आँखा शिविर : मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ बिरामीको पहिचान


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा ज्येष्ठ नागरिकका लागि सञ्चालन गरिएको निःशुल्क आँखा उपचार शिविरबाट मोतीबिन्दुको अप्रेसन गर्नुपर्ने ११ जना बिरामीको पहिचान गरिएको छ । 

हलेसी तुवाचुङ नगरपालिकाको सहयोगमा नेपाल नेत्र ज्योति संघ, खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समिति हलेसीको आयोजनामा शुक्रबार सञ्चालित शिविरमा ११४ जनाको आँखाको जाँच हुँदा ११ जनाको मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने पत्ता लागेको हो । 

शिविरमा आएका ८६ जनालाई निःशुल्क चस्मा र १५ जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योति संघ, खोटाङका अध्यक्ष इन्द्र कसजुले बताए । मोतिबिन्दुको अप्रेसन गर्नुपर्ने बिरामीका लागि आगामी असोज २८ गतेदेखि असोज २९ गतेसम्म हलेसीमै निःशुल्क शल्यक्रिया सेवा सञ्चालन गरिने नेपाल नेत्र ज्योति संघले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ७ : ४६ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले