चाडपर्वमा कर्णालीमा चार हजार बढी प्रहरी परिचालित « Khabarhub

चाडपर्वमा कर्णालीमा चार हजार बढी प्रहरी परिचालित


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- ठूला चाड पर्व नजिकिएसँगै हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न कर्णालीमा चार हजारभन्दा धेरै प्रहरी खटाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा योजना २०७९ जारी गर्दै हुन सक्ने आपराधिक घटना नियन्त्रणका लागि प्रदेशभर ४ हजार एक सय ४१ जना प्रहरी जनशक्ति खटाइएको जनाएको हो ।

यसैबीच, चाडपर्वको अवसरमा हुन सक्ने आपराधिक गतिविधिको शंकास्पद सम्भावित स्थानमा पहिचान गरी त्यस्ता स्थानहरूमा तालिम प्राप्त जनशक्ति सहित जाँचको व्यवस्था गरिने छ ।

प्रदेश प्रहरीले जारी गरेको कार्ययोजनामा १२५ वटा नियमित क्युआरटी परिचालन गरिने छ भने ३१ स्थानमा नियमित जाँच स्थल राखिने छ । त्यसैगरी, ट्राफिक सहितको संयुक्त रूपमा ५३ स्थानमा आकस्मिक जाँच, चोरी, तस्करी, लागु औषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रण गर्न १८ स्थानमा जाँच गरिने छ ।

त्यसैगरी, झैँ–झगडा, जुवा तास, चोरी लुटपाट, मापसे नियन्त्रणका लागि ८६ स्थानमा चेकिङ हुने छ भने २६ ठाउँमा नागरिक सहायता कक्ष स्थापना गरिने छ ।

यसैबीच, सम्पत्तिको सुरक्षा, जनधनको सुरक्षा उपभोक्ताको अधिकार, महिला बालबालिका, अपाङ्ग एवं ज्येष्ठ, नागरिकको सुरक्षाको अधिकारलाई सुनिश्चित गर्न प्रहरी तत्पर रहेको कार्ययोजनामा भनिएको छ ।

चाडपर्वको समयमा गुण्डागर्दी, चोरी, लुटपाट, ठगी, जुवा तास लगायतका आपराधिक घटनाहरू हुन सक्नेतर्फ प्रहरी सचेत रहेको पनि कार्ययोजनामा उल्लेख गरिएको छ ।

असोज ९ गतेदेखि लागु हुने कार्ययोजनामा भनिएको छ, ‘कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरूको सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकको जनजीवन सामान्य तुल्याउन बैक तथा वित्तीय सङ्घसंस्थाहरूमा हुने कारोबार सुरक्षित गराउन, विभिन्न गन्तव्य सम्म जाने यात्रुहरू समेत लाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाउन र कुनै पनि किसिमको अप्रिय घटना हुन नदिन योजनाबद्ध प्रहरी परिचालन, अनुगमन, नियन्त्रण आवश्यक भएको सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी यस प्रदेश प्रहरी कार्यालय सुर्खेत मातहतका जिल्लाहरुमासुरक्षा योजना बनाई लागु गरिएको छ ।’

चार्डपर्वको नाममा हुन सक्ने सबै प्रकारका अवाञ्छितरआपराधिक क्रियाकलापहरू रोकथाम तथा नियन्त्रण गर्दै नागरिकले सुरक्षित र उल्लासका साथ चार्डपर्व मनाउने विश्वसनीय वातावरण निर्माण गर्न कार्ययोजना तयार गरिएको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  ९ : ४८ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ