ठाटीकाँधमा बाल स्वास्थ्य शिविर सम्पन्न « Khabarhub

ठाटीकाँधमा बाल स्वास्थ्य शिविर सम्पन्न


७ आश्विन २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत । दैलेखको ठाटीकाँध गाउँपालिकामा बालबालिका स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर – ६ को थापाटोल स्थित जनआधारभूत विद्यालयमा बालबालिका स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजना, एइ आइ एन लक्जेमवर्गको आर्थिक सहयोग तथा ठाटीकाँध गाउँपालिकाको समन्वयमा स्वास्थ्य परिक्षण शिविर संचालन भएको थियो ।

स्वास्थ्य शिविरमा कक्षा १ देखि ५ सम्मका ५७ छात्र र ३९ छात्रा गरि जम्मा ९६ जनाले स्वास्थ्य परिक्षण गरेको ठाटीकाँधमा संचालित सहकार्य परियोजना सामाजिक परिचालक मनसरा बिष्टले बताइन् । उनका अनुसार गाउँपालिकाको वडा नम्बर ६ थापाटोल जनआधारभुत विद्यालय थापाटोलमा संचालन गरिएको थियो ।

बालबालिका स्वास्थ्य परिक्षण शिविरमा डा. श्री सनम घलेको टीम परिक्षणको लागि पुगेको थियो । ५७ छात्र र ३९ छात्रा गरी ९६ जना विद्यार्थी नमूना संकलन गर्दा स्वास्थ्य अवस्था सामान्य रहेको डा घलेले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार  १० : ०९ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता