वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक « Khabarhub

वाग्मती प्रदेश प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाग्मती– वाग्मती प्रदेश  प्रहरी कार्यालय हेटौँडाले दशैँ, दीपावली र  छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । त्यसका लागि  पाँच हजार तीन सय ३२  प्रहरी परिचालन हुने जनाइएको छ।

वाग्मती प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब  महानिरीक्षक  किरण बज्राचार्यले  प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट मातहत कार्यालय प्रमुखको  उपस्थितिमा  विशेष  सुरक्षा योजना सार्वजनिक  गर्दै लागू गर्न निर्देशनसमेत दिएका छन् । चाडपर्वको समयमा हुने आपराधिक गतिविधिलाई नियन्त्रणका लागि विशेष सुरक्षा योजना लागू गरिएको  वज्राचार्यले जानकारी दिए ।

वाग्मती प्रदेश अन्तर्गतका १० वटा जिल्लाहरूमा प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि प्रदेश प्रवेश गर्ने सीमा नाकामा  नियमित  र अपर्झट जाँचको व्यवस्था मिलाउने, मोबाइल गस्ती परिचालन, प्रमुख धार्मिकस्थल, बैंकिङ तथा वित्तीय संस्थाहरूमा  प्रहरी परिचालन, जिल्ला प्रशासनको समन्वयमा  कालाबजारी  तथा  कृत्रिम अभाव  सिर्जना गर्नेलाई नियन्त्रण  गर्न बजार अनुगमनको व्यवस्था मिलाउने रहेको उनले बताए ।

साथै सुरक्षा निकाय समेतको  सहभागितामा  झैझगडा  तथा जुवातास  एवम्  घरेलु मदिरा  नियन्त्रण  गर्ने, लागूपदार्थ तथा  मादक पदार्थ सेवन सम्बन्धित जाँचको  व्यवस्था मिलाउने,  बसपार्कमा  महिला प्रहरी  र ट्राफिक प्रहरीसहितको यात्रु सहायताकक्ष  स्थापना गरी २४ घण्टा प्रहरी परिचालन गरिने छ । साथै सवारी दुर्घटना न्यूनीकरणका लागि नियमित राजमार्ग गस्ती परिचालन, सवारी साधनका गति नियन्त्रणका लागि रङ्गरोगनसहितको विशेष, ट्राफिक जाँच  गर्ने, प्रमुख राजमार्गमा रात्रिकालीन  बेस स्थापना गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ४ : ५६ बजे

महाधिवेशनपछि एमालेको पहिलो सचिवालय बैठक भोलि बस्ने, समानुपातिक सूचीलाई अन्तिम रुप दिइने

काठमाडौं- नेकपा एमालेले ११ औं महाधिवेशनपछि पहिलो पटक पार्टीको सचिवालय

गगन थापा र सुरेन्द्र पाण्डेलाई सुदन किरातीको प्रश्न : झगडा गरेर कहिलेसम्म टिक्ने ?

काठमाडौं– प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य तथा पूर्वमन्त्री सुदन

बालुवाटारमा प्रधानमन्त्री कार्की र तीन दलका नेताबीच छलफल जारी (तस्बिरहरु)

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच

जेन-जी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा– जेन-जी आन्दोलनको क्रममा कारागारबाट फरार भएका विर्तामोड नगरपालिका वडा

सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले नागरिकमा विश्वास र आशा जगाउने