डेङ्गु तत्काल नियन्त्रण गर्न चिकित्सकहरूको आग्रह « Khabarhub

डेङ्गु तत्काल नियन्त्रण गर्न चिकित्सकहरूको आग्रह


८ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय नेपालमा फैलिएको डेङ्गु प्रकोप तत्काल नियन्त्रण गर्न चिकित्सकहरूले आग्रह गरेका छन् । सरकारले डेङ्गु नियन्त्रणमा तुरुन्त प्रभावकारी कदम चाल्नुपर्ने उनीहरूको आग्रह छ । हरेक अस्पताल शय्याहरू डेङ्गुका बिरामीले भरिएको चिकित्सकहरूको भनाइ छ ।

आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा डा सुन्दरमणि दीक्षितले नियन्त्रणका लागि लामखुट्टे मार्ने धुवाँको प्रयोग गर्नु पर्ने जनाकारी दिए । डेङ्गु नियन्त्रण गर्नु सरकारको मात्र जिम्मेवारी नभएको भन्दै उनलेले स्वास्थ्य मन्त्रालय मातहतका कार्यालय र स्थानीय निकाय गम्भीरताका साथ खटिनुपर्नेमा जोड दिए ।

डेङ्गु प्रकोपले पछिल्लो समय कडा रूप लिँदै गएको बताउँदै डा दीक्षितले आफूले प्रत्येक दिन जाँच गर्ने १० बिरामीमध्ये दुई–तीन डेङ्गु सङ्क्रमित हुने उल्लेख गरे ।

स्वास्थ्य मन्त्रालयले लामखुट्टे ‘खोज र नष्ट गर’ अभियान दुई महिना अगाडिदेखि सञ्चालन गरेको भए यस्तो अवस्था नआउने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताउनुभयो । एकै परिवारका सदस्य पालैपालो अस्पताल पुग्ने गरेको स्मरण गराउँदै डेङ्गु प्रकोपले भयावह रुप लिइसकेको उनको भनाइ छ । ‘नेपालले अब समयमै नियन्त्रण नगरे अझै ठूलो समस्या निम्तन सक्छ’, उनले भने ।

सरकारले डेङ्गु नियन्त्रणका लागि सञ्चालन गरेको अभियान प्रभावकारी भएको भन्दै लामखुट्टेको लार्भालाई खोजेर नष्ट गरेमा एडल्ट लामखुट्टे नियन्त्रण गर्न सकिने सरुवा रोग विशेषज्ञ डा गरिबदास ठाकुरको भनाइ छ । उहाँले जनचेतना अभिवृद्धि गरेर, सरकारले विज्ञहरूको सल्लाहमा अघि बढेमा प्रकोप नियन्त्रण गर्न सकिने बताए ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ९ : २९ बजे

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको